• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:19:11

बुढासुब्बा गोल्डकपको २१ औं संस्करण शनिबारदेखि सुरु हुँदै

 

फसलको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २१ औं संस्करण शनिबारदेखि सुरु हुँदैछ। खेल दिउँसो सवा ३ बजे सुरु हुने आयोजकले जनाएको छ। धरान उपमहानरपालिका–१६ स्थित प्रादेशिक रंगशालामा हुने उद्घाटन खेल संकटा क्लब काठमाडौं र झापाको मेची नेत्रालय काँकडभिट्टा फुटबल ट्रेनिङ सेन्टरबीच हुने आयोजक धरान फुटबल क्लबले जनाएको छ। फागुन ४ गतेसम्म चल्ने प्रतियोगितामा दुई विदेशीसहित आठ टिम सहभागी रहेको क्लबका अध्यक्ष एवं एन्फाका मानार्थ केन्द्रीय उपाध्यक्ष किशोर राईले जानकारी दिए।


 प्रतियोगिताको विजेताले नगद आठ लाख रुपैयाँ र उपविजेताले चार लाख रुपैयाँ पाउने क्लबका अध्यक्ष राईले जानकारी दिए। प्रतियोगिताको उत्कृष्ट खेलाडीले स्कुटर, प्रत्येक खेलको म्यान अफ दि म्याचले १५ हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यस्तै, उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट स्ट्राइकर र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ। प्रतियोगिताको सर्वाधिक गोलकर्ता खेलाडीले ३५ हजार रुपैयाँ पुरस्कार पाउने छन्।
 

प्रतिकृया दिनुहोस

धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स

  धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। १५ ओभरको खेलमा १०७ रनको लक्ष्य

बार्सिलोनाको कठिन जित

   स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा

बार्सिलोनाले रियाल भालाडोलिडलाई पराजित

  स्पेनिस ला  लिगामा बार्सिलोनाले रियाल भालाडोलिडलाई पराजित गरेको छ।  घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को