• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:53:50

अमेरिकी राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम को दोस्रो भेटवार्ता हानोइमा हुने

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनको दोस्रो भेटवार्ता भियतनामको राजधानी हानोइमा हुने पक्का भएको छ । ट्रम्पले शुक्रबार बेलुका(नेपाली समय शनिबार बिहान) ट्वीट गरी यसबारे जानकारी दिएका छन् । उत्तर कोरिया गएका आफ्ना प्रतिनिधिले किमसँगको भेटघाटका लागि  भियतनामको हानोइमा स्थान तय गरेको र फेब्रुवरी २७ र २८ मा भेटवार्ता हुने ट्रम्पले जानकारी गराएका छन् । उनले ट्रवीटमा भनेका छन् ‘म किमलाई देख्नका लागि र  अघि बढिरहेको शान्तिका कारण निकै उत्सुक छु’ट्रम्ले लगतै अर्काे ट्रवीट गरी उत्तर कोरिया र नेता किमको निकै प्रसंशा गरेका छन् । किमको नेतृत्वमा उत्तर कोरिया एक आर्थिक महाशक्ति बन्ने ट्रम्पले भनेका छन् । ‘किमले केही आश्चर्य गर्न सक्छन् । तर मेरा लागि भने त्यो आश्चर्य हुने छैन, किनभने उनी र उनको क्षमताबारे म पूर्ण जानकार छु’ ट्रम्प भन्छन् । अर्थतन्त्रमा उत्तर कारिया एक फरक खालको रकेट बन्ने दाबी ट्रम्पले गरेका छन् । ट्रम्पले पहिलो पटक उत्तर कोरिया र नेता किमको यति धेरै प्रशंसा गरेका हुन् ।  एक वर्षअघि सम्म ट्रम्प र किमको कडा बाकयुद्ध चल्ने गरेको थियो । एकले अर्कालाई कडा चेतवनी दिएका वक्तव्यहरु आउने गरेका थिए । २०१८ को सुरुदेखि नै दक्षिण र उत्तर कोरियाले सम्बन्ध सुधार गर्दै गएपछि ट्रम्प र किमले पनि गत जुन १२ मा सिंगापुरमा पहिलो भेटवार्ता गरेका थिए।  
  

प्रतिकृया दिनुहोस

मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमामा

  मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको छ । भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै

विश्वभरमा ९० करोड आइफोन

  एप्पलले तीन महिनाको आयको बारेमामा सार्वजनिक गरेको छ । यसमा एप्पलले आइफोनको घट्दो बिक्रीको बारेमा र हालसम्म कतिवटा एप्पलका उपकरण संचालनमा छन्

म्यानमार प्रहरीले रबरको  गोली प्रहार

  कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ ।  म्यानमारका स्वतन्त्रता हिरो जनरल आङ साङको