• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:35:21

प्रचण्डको सन्देशः नेकपामा अर्को अध्यक्ष पनि छ !

 सत्तारुढ नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ‘अर्को माओवादी जमिन्छ’ भन्ने अभिव्यक्ति दिएपछि नेपाली राजनीतिमा नयाँ तरंग आएको छ ।भेनेजुएला प्रकरणमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग जुहारी चलिरहेका बेला अर्का अध्यक्ष प्रचण्डले सार्वजनिक मञ्चमै ‘माओवादीलाई सिध्याइयो, जे गरेपछि हुन्छ भन्ने ठाने अर्को माओवादी जन्मन्छ’ भनेका हुन् । यसको यो अभिव्यक्तिले स्वयंम नेकपामा हल्लीखल्ली मम्चिएको छ ।कतिपयले सत्तारुढ नेकपामा फुट आउन लागेको त होइन भन्ने आशंका समेत गरेका छन् ।तर, प्रचण्डलाई नजिकबाट चिन्ने नेताहरु भने यो अभिव्यक्ति त्यो स्तरको नभएको बताउँछन् । तर, प्रचण्ड प्रधानमन्त्री ओलीसँग असन्तुष्ट रहेको स्वीकार गर्छन् ।एमाले र माओवादीबीच पार्टी एकता गर्दा नेकपामा दुबै अध्यक्ष कायम रहने साझा सहमति थियो । आलोपालोको भद्र सहमति पनि भएको नेताहरु बताउँछन् ।तर, एकीकृत पार्टीमा ओलीले एकलौटी गरेको पूर्वमाओवादी नेताहरुको गुनासो छ । प्रधानमन्त्री समेत भएकाले प्रचण्ड सहयोगी जस्तो मात्र देखिनु स्वभाविक भएपछि ओलीले पार्टी र सरकार सञ्चालनमा एकलौटी गर्न खोजेको उनीहरु बताउँछन् ।

अझ बुधबार एउटा टेलिभिजन अन्तर्वार्तामा ओलीले भेनेजुएला प्रकरणमा प्रचण्डले जारी गरेको वक्तव्य चिप्लिएको मात्र भनेनन्, ‘एक जना साथीले दिएको वक्तव्य’ भनेपछि प्रचण्ड असन्तुष्ट बनेको निकटवर्तीहरु बताउँछन् । एक नेताले भने, ‘प्रचण्डले नेकपामा अर्का अध्यक्ष पनि छ भन्ने सन्देश दिनु भएको हो ।’साथै द्वन्द्वकालीन मुद्दाहरु टुंग्याउन सरकारको अपेक्षाकृत काम नगरेको पूर्व माओवादी नेताहरुको बुझाइ छ । सतय निरुपण तथा मेलमिलाप र वेपत्ता छानविनसम्बन्धी आयोगको म्याद त थपिएको छ तर, ऐन संशोधन अझै टुंगो लागेको छैन ।यसबारे प्रमुख विपक्षी कांग्रेस र द्वन्द्व पीडितहरुसँग पनि निरन्तर सम्वाद भने भइरहेको छ ।सरकारले ऐन संशोधनमा अलमल गरिरहँदा आममाफी दिन खोजिएको भन्दै विरोध समेत भयो । राष्ट्रसंघ र युरोपेली युनियनसहित ७ देशले संयुक्त वक्तव्य जारी गर्दै दबाव दिए । सरकारले त्यसको प्रतिवाद त गरेको छ तर, सरोकारवाला पक्षलाई समेत विश्वासमा लिएर यो मुद्दा टुंग्याउने ठोस खाका कोरेको छैन ।जबकी प्रचण्ड यसलाई जति सकिन्छ, छिटो टुंग्याउन चाहन्छन् । ‘अर्को माओवादी जन्मिन्छ’ भन्ने उनको अभिव्यक्तिले सरकारलाई दबावसँगै अन्तराष्ट्रिय समुदायलाई पनि जवाफ भएको प्रचण्ड निकट पूर्व माओवादी नेताहरु बताउँछन् ।

प्रतिकृया दिनुहोस

नेकपाले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।सचिवालयको सोमबार

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ

हाम्रा लागि यो अवसर अग्नि परीक्षा हो : प्रचण्ड

पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इतिहासले अहिलेको नेतृत्वलाई अग्नि परीक्षामा लिएको बताएका