• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:47:26

करिना कपुरको फिल्म दबंग-२ मा समवेश

 

 

बलिउड अभिनेत्री करिना कपुरको फिल्म दबंग-२ मा समवेश डान्स नम्बर ‘फेविकोल से’ निकै चर्चित भयो । करिना दबंग-३ मा पनि यस्तै डान्स नम्बरमा देखिने भएकी छन् ।करिना अहिले उनको आफ्नै नयाँ प्रोजेक्टका कारण चर्चामा छिन् । उनी छिट्टै धर्मा प्रोडक्सनको नयाँ फिल्म ‘गुड न्युज’मा देखिँदै छिन् । यो फिल्ममा करिना र अक्षय कुमारका साथमा दिलजित दोसाँझ र कियारा आडवाणी पनि महत्वपूर्ण भूमिकामा देखिने छन् ।

हालै करिना निर्देशक रोहित सेट्टीलाई भेट्न पुगेकी थिइन् । त्यसैले करिना सेट्टीको फिल्म सूर्यवंशी वा गोलमाल-५ मा पनि देखिने अनुमान लगाइएको छ । करिना सेट्टीसँग भेटेपछि अरबाज खानलाई पनि भेट्न पुगेकी थिइन् । अरबाज दबंग सिरिजका निर्माता हुन् । उनी छिट्टै दबंग-३ को सुटिङ सुरु गर्दै छन् ।यो फिल्मको निर्देशन डान्स आइकन प्रभुदेवाले गर्दैछन् । दबंग-३ को डान्स नम्बरको कोरियोग्राफी पनि प्रभुदेवाले नै गर्दैछन् । दबंग-३ मा अश्वनी माञ्जरेकर, सोनाक्षी सिन्हा र सलमान खानले खेल्ने पहिले नै तय भइसकेको छ । फिल्मको सुटिङ मार्चमा सुरु हुँदै छ । सेट बनाउने काम सकिँदै छ ।दबंग सिरिजका दुवै फिल्ममा सलमान मुख्य भूमिकामा थिए । यो सिरिजको पहिलो फिल्ममा मलाइका अरोरा ‘मुन्नी बदनाम हुई’ गीतमा देखिएकी थिइन् भने दोस्रोमा करिना ‘फेविकोल से’ गीतमा थिइन् । 

प्रतिकृया दिनुहोस

होनहार राष्ट्रप्रेमी नेतालाई यमराज साशक भन्ने गीत गाउँदा ताली बजाउन सकिँदैन

      नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचेतक शान्ता चौधरीले गायक पशुपति शर्माको गीतमा प्रतिबन्ध लगाएर कम्युनिस्ट सरकारले राम्रो कार्य गरेको

धेरै बोले कारवाही हुन्छ चुप लागेर सुत भन्दै दिपक राज गिरिले लेखे येस्तो स्टाटस    

  हास्‍यकलाकार दिपकराज गिरीले व्यंग्य गर्दै सामाजिक सञ्‍जालमा लेखेका छन्, ‘लुट्‍नसम्म लुट कान्छा लुट्‍नसम्म लुट, धेरै बोले कारबाही हुन्छ चुप

पशुपति शर्माले युट्युवबाट गीत हटाए पनि सामाजिक सञ्जालमा भाइरल

  गायक पशुपति शर्माले युट्युवबाट आफ्नो गीत हटाएपछि यसको चर्चा झन् बढेर गएको छ। उनले तीन दिन अघि मात्र 'लुट्न सके लुट…' बोलको गीत सार्वजनिक गरेका