• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:35:17

राष्ट्रपति रनिङ शिल्ड फागुन २१ देखि

 

गोकर्णेश्वर नगरपालिकाको आयोजनामा प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता फागुनमा हुने भएको छ।  नगरपालिकाले माघ २२ देखि २४ गतेसम्म प्रतियोगिता तोकिए पनि विद्यालयको हिँउदे बिदा र अन्य बिदाका कारण फागुनको २१ देखि २३ गतेसम्म प्रतियोगिता गर्न लागिएको हो।  गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले बिदा र अन्य कारणले विद्यार्थीलाई खेलको पूर्वतयारी पूरा गर्न नसकेकाले नगर शिक्षा समितिको बैठक बसेर प्रतियोगिता फागुनमा गर्ने निर्णय गरेको जानकारी दिए। 'नगरपालिकालाई खेलको माध्यामबाट विकास गर्न उक्त प्रतियोगिता आयोजना गर्न लागेका हौ', उनले भने।


यसअघि नगरपालिकाले मेयरकप फुटबल प्रतियोगितासमेत सम्पन्न गरिसकेको छ। बालसुधार माध्यामिक विद्यालय नयाँपाटीमा हुने प्रतियोगितामा नगरपालिकाभित्रका सामुदायिक तथा संस्थागत माध्यामिक विद्यालयका विद्यार्थीको सहभागिता रहनेछ।  प्रतियोगितामा भाग लिन चाहने विद्यार्थी तथा विद्यालयलाई फागुन १० गतेसम्म प्रवेश शुल्क र विद्यार्थी विवरण पेश गर्न नगरपालिकाले आह्वान गरेको छ। 
 

प्रतिकृया दिनुहोस

धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स

  धनगढी स्टार्सलाई ३९ रनले पराजित गर्दै रुपन्देही च्यालेन्जर्स धनगढी प्रिमियर लिग क्रिकेटको प्ले अफमा पुगेको छ। १५ ओभरको खेलमा १०७ रनको लक्ष्य

बार्सिलोनाको कठिन जित

   स्पेनिस ला लिगा फुटबलमा शीर्ष स्थानको बार्सिलोनाले रियल भालाडोलिडमाथि १–० को कठिन जित हात पारेको छ। जितसँगै बार्सिलोनाले दोस्रो स्थानमा

बार्सिलोनाले रियाल भालाडोलिडलाई पराजित

  स्पेनिस ला  लिगामा बार्सिलोनाले रियाल भालाडोलिडलाई पराजित गरेको छ।  घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले भालाडोलिडमाथि १–० को