• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:10:17

काँग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दै

 

केन्द्रीय पदाधिकारी र सदस्य महाधिवेशन प्रतिनिधि स्वतः बन्न पाउने कि नपाउने भन्ने विवादमा अल्झिएको प्रमुख प्रतिपक्ष काँग्रेसकोे केन्द्रीय कार्यसमिति बैठक सोमबार बस्दैछ ।बुधवारबाट सुरु भएको बैठकमा यही विषयलाई लिएर केन्द्रीय सदस्यहरुबीच विवाद भएपछि लम्बिएको हो ।जिल्ला सभापतिहरुको माग बमोजिम महाधिवेशनका लागि तल्लो तहबाटै निर्वाचित हुनुपर्ने प्रावधान राख्ने प्रतिबद्धता सभापति देउवालगायतले जनाएपनि अहिले त्यसलाइृ उल्ट्याउन खोजेपछि काँग्रेसमा विवाद चर्किन पुगेको हो ।महासमितिबाट पारित भएको विधान, संशोधनसहित अनुमोदन गर्न बोलाइएको केन्द्रीय समितिमा नेताहरुले आआफ्ना अडान नछाडेपछि विधान अनुमोदन गर्न काँग्रेसलाई सकस परेको छ । गत बुधबार र विहीबार बसेको बैठकमा पक्ष–विपक्षमा मत राखेका थिए । जसका कारण बैठक लम्बिएको थियो ।

तर, आज बस्ने बैठकले पुरानै व्यवस्थालाई कायम राख्दै विधान अनुमोदन गर्ने तयारी भइरहेको एक केन्द्रीय सदस्यले बताए । ‘सभापति नै आफ्नो प्रतिवद्धता उल्ट्याउन खोज्दै हुनुहुन्छ । यसले राम्रो पद्धतिको विकास गर्दैन’ केन्द्रीय सदस्य चन्द्र भण्डारीले भने, ‘यस्तो पराजित मानसिकता त्याग्नुपर्छ आरक्षण पनि एक पटकमात्रै दिनुपर्छ ।’तर, देउवा निकट सहमहामन्त्री डा. प्रकाशशरण महतले बैठकमा छलफल गरेर जे निश्कर्ष आउँछ त्यही निर्णय सार्वजनिक गर्ने बताए । ‘धारणा राख्न समय मागिएमा त्यस विषयमा छलफल होला, नत्र आजै बैठक सकिन्छ । नेविसंघको पनि छिनोफानो हुन्छ र विधान पनि अनुमोदन हुन्छ,’ डा. महतले रातोपाटीलाई बताए । उता नेविसंघका विषयमा पनि नेताहरुबीच फरक–फरक मत सार्वजनिक भएको छ । दुई पटक गरी पाँच महिना बढी समय थपिए पनि महाधिवेशन गर्न वर्तमान कार्यसमितिले नसकेपछि सभापति देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल समुह वर्तमान कार्यसमिति भङ्ग गर्ने पक्षमा उभिएको छ । तर सिटौला समुह भने त्यसको विपक्षमा रहँदै आएको छ । बैठक ११ बजेपछि पार्टी केन्द्रीय कार्यलयमा बस्दैछ ।

प्रतिकृया दिनुहोस

भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताए

 पुर्वप्रधानमन्त्री तथा नया शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराईले देशमा भ्रष्टाचारको संकैमण फैलिएको बताएका छन् ।गुल्मीको मुसिकोट नगरालिका-७

नेकपाले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल

   नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले संगठनिक एकता टुंगो लगाउन गठित कार्यदलको म्याद थप गर्नुपूर्व सदस्यहरुसँग छलफल गर्ने भएको छ ।सचिवालयको सोमबार

 राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास

   राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ