• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:48:37

गोसपुल–नगरकोट सडक निर्माण तीब्र

भक्तपुर, माघ २८ गते । भक्तपुरको कमलविनायकदेखि नगरकोट जाने प्रमुख मार्गको रूपमा निर्माण हुन लागेको गोसपुलदेखि बिगेलफाँट हुँदैै सुडाल कलमसी नगरकोट सडक निर्माण कार्यले तिब्रता पाएको छ ।

२०७४ साल फागुन २१ गते सम्झौता भई आगामी २०७६ साल कात्तिक २० गतेसम्ममा निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको सो सडक खण्डको निर्माण कार्य धमाधम भइरहेको छ । चाँगुनारायण नगरपालिकाकाको ग्रामीण भेग जोड्ने १४ मिटर चौडाइको सडक निर्माण भएपछि त्यस क्षेत्रको चहलपहल बढ्ने छ ।

कमलविनायकदेखि नगरकोटको टावरसम्म सात किलोमिटर ७६ मिटर लम्बाइको सो सडकको यस वर्ष छ किलोटिमर तीनसय मिटर सडक खण्ड निर्माण कार्य सम्पन्न गरिने सडक निर्माण समन्वय तथा सहजीकरण समितिका पदाधिकारी भरतबहादुर खड्काले जानकारी दिनुभयो ।

उहाँका अनुसार शुरूमा उक्त सडक खण्ड पाँच मिटर कालोपत्रे र नालीसहितको निर्माण हुन लागेकोमा स्थानीय र निर्माण समन्वय समितिको निरन्तरको प्रयासमा अहिले सात मिटर कालोपत्रे र नालीसहितको चौडाइ १४ मिटर सडक निर्माण हुन लागेको छ । चाँगुनारायण नगरपालिकाले अहिले प्रमुख सडकको मापदण्ड १४ मिटर हुनपर्ने कानुन निर्माण गरेकोले ग्रामीण सडक सञ्जाल सुधार आयोजनाले पनि १४ मिटरकै सडक निर्माण गर्न लागिएको हो ।

उहाँले भन्नुभयो, ‘यस क्षेत्रका स्थानीयले अग्रिमरूपमा नै सडक निर्माणका लागि भूमिदान गर्न पूर्णरूपमा सहमत भएकाले पटक पटक सडक फराकिलो पार्नुभन्दा एकैपटक सडक फराकिलो पार्न लागिएको हो ।’

कुल १७ करोड ४८ लाख रुपियाँको लागतमा निर्माण हुन लागेको सडकको अहिले ग्रावेल गर्ने, दायाँबायाँ पर्खाल, कल्भर्ट र नालीसहित गरी ७० प्रतिशत निर्माण कार्य सम्पन्न भइसकेको छ । उक्त सडक निर्माण सम्पन्न भएपछि कमल विनायकबाट नगरकोट टावर पुग्ने सबैभन्दा छोटो दूरीको सडक रहनेछ । नगरकोट पुग्ने प्रमुख पर्यटकीय मार्गको रूपमा यस सडकलाई विकास हुने सडक निर्माण समन्वय तथा सहजीकरण समितिले अपेक्षा गरेको छ ।

ग्रामीण सडक सञ्जाल सुधार आयोजनाका इन्जिनियर टङ्क खनालले निर्धारित समयमै काम सम्पन्न गर्ने गरी अहिले काम धमाधम भइरहेको बताउनुभयो । सडकको सहायक नाली, ग्रावेल र कालोपत्रे गर्ने ठेकेदारसँग सम्झौता गरिएकाले उक्त काम सम्पन्न गर्न आयोजनाले निरन्तर अनुगमन गरिरहेको छ ।

सो सडक खण्ड निर्माण सम्पन्न भइसकेपछि काभ्रेको बनेपा वडा नं. १, चाँगुनारायण नगरपालिका वडा नम्बर ७, , ९ र भक्तपुर नगरपालिकाका वडा नं. ९ का स्थानीय प्रत्यक्ष लाभान्वित हुनेछन ।

 

 

प्रतिकृया दिनुहोस

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

  मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित

उपत्यकामा भूकम्पको धक्का महशुश

   काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ।  शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको

चट्याङ लागेर एकको मृत्यु भएको १० घाइते

   शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर