• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:35:03

स्थानीय तहको पाठ्यक्रम निर्माणमा नगरपालिका

गलेश्वर, माघ २८ गते । म्याग्दीको बेनी नगरपालिकाले आगामी शैक्षिक वर्ष २०७६ देखि बेनी नगरपालिका क्षेत्रका विद्यालयमा स्थानीय तहको पाठ्यक्रम लागू गर्ने भएको छ । आगामी शैक्षिक वर्षदेखि नै स्थानीय तहका विषयवस्तु राखिएको पाठ्यक्रम निर्माणका लागि नगरकार्यपालिकाले पाठ्यक्रम निर्माण गर्न शुरु गरेको हो । नगरपालिकाको पाठ्यक्रम निर्माण समितिले स्थानीय विषयवस्तुमा आधारित रहेर पाठ्यक्रम निर्माणका लागि काम अघि बढाएको पाठ्यक्रम निर्माण समितिको धार्मिक तथा सांस्कृतिक विषयका संयोजक कृष्णबहादुर बानियाँले जानकारी दिनुभयो ।

 

समितिले विभिन्न विषयसँग सम्बन्धित विज्ञ तथा सरोकारवालासँग छलफल गरेर पाठ्यक्रम निर्माणका लागि सुझाव सङ्कलन गरेको जनाएको छ । म्याग्दी जिल्ला र बेनी नगरपालिकासँग सम्बन्धित विभिन्न विषयलाई समेटेर पाठ्यक्रम बनाउन शुरु गरिएको पाठ्यक्रम निर्धारण समितिका संयोजक सोमनाथ ढुङ्गानाले बताउनुभयो ।

 

म्याग्दीका प्राकृतिक स्रोतसाधनका साथै धार्मिक, सांस्कृतिक, ऐतिहासिक, पर्यटन, कृषि, उद्योग, वन, वन्यजन्तुलगायतका विषयलाई पाठ्यक्रममा समेटिने नगर शिक्षा अधिकृत विश्वप्रकाश रेग्मीले बताउनुभयो ।

प्रतिकृया दिनुहोस

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

  मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित

उपत्यकामा भूकम्पको धक्का महशुश

   काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ।  शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको

चट्याङ लागेर एकको मृत्यु भएको १० घाइते

   शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर