• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:03:23

विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे

 

अनेक विकल्प खोज्दै गाउँ छाड्नेहरू बढे । बस्ती पातलियो । टाढा–टाढा फाट्टफुट्ट मात्र रहन थाले घरहरू । जनशक्ति बाहिरिँदै गएपछि न काम गर्ने मान्छे भेटिए, न कुनै उद्यम व्यवसाय गर्नेहरू बाँकी रहे ।यस्तै स्थितिमा गाउँको विकास कसरी होला र ? त्यसैले छथर गाउँपालिकाले लक्ष्य तय गर्‍यो– १६ हजार ७ सय १५ जनसंख्यालाई ५ वर्षभित्र बढाएर २५ हजार पुर्‍याउने ।‘तत्कालीन ६ गाविस गाभेर बनाइएको छथरका बस्तीहरू रित्तिँदै जान थालेपछि जुक्ति निकाल्यौं,’ गाउँपालिकाका अध्यक्ष सन्तवीर लिम्बूले भने, ‘बसाइँ आउनेलाई व्यवसाय गर्ने प्रस्तावनाका आधारमा १ लाखदेखि ५ लाख रुपैयाँसम्म अनुदान दिने ।’ गाउँपालिकाले यो निर्णय गरेपछि बसाइँ आउने र अनुदान लिन चाहनेको निवेदन पर्न थालेका छन् ।‘प्रारम्भिक चरणमा दर्जन परिवारबाट निवेदन आएको छ,’ उनले भने, ‘व्यवसायको प्रस्ताव मूल्यांकन गरेर अनुदान दिनेछौं ।’ त्यसका लागि बसाइँ सरी आएको प्रमाणपत्रका साथमा व्यावसायिक योजना पेस गर्नुपर्नेछ । व्यवसायको प्रकृति र विस्तारका आधारमा किस्ताबन्दी रूपमा अनुदान रकम पाउने गाउँपालिकाका प्रवक्ता राजन नेपालीले बताए ।

 

कृषि व्यवसाय गर्न चाहनेलाई पहिलो प्राथमिकतामा राखिएको गाउँपालिकाले जनाएको छ । ‘काम गर्ने र उद्यम व्यवसाय गर्ने जनशक्ति बाहिरिएपछि गाउँपालिकाको विकास नहुने सोचेर यसो गरेका हौं,’ अध्यक्ष लिम्बूले भने, ‘पातलो बस्तीमा सडक, विद्युत्, खानेपानी, सञ्चार, स्वास्थ्य, शिक्षालगायतका पूर्वाधार निर्माण गर्दा लागत बढी पर्ने र त्यसबाट फाइदा पाउने जनशक्ति एकदमै थोरै हुने भएकाले पनि बस्ती बाक्लो बनाउन चाहेका हौं ।’गाउँपालिकाको २०७५/०७६ को नीति तथा कार्यक्रममै यो व्यवस्था समेटिएको छ । पहिलो वर्ष १० लाख रुपैयाँ बजेट छुट्याइएको छ । बसाइँ सरी आउनेको संख्या बढे रकम पनि वृद्धि गरिने गाउँपालिकाले जनाएको छ । गत साउन १ यता बसाइँ सरी आउनेले यो सुविधा पाउने छन् ।

प्रतिकृया दिनुहोस

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

  मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित

उपत्यकामा भूकम्पको धक्का महशुश

   काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ।  शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको

चट्याङ लागेर एकको मृत्यु भएको १० घाइते

   शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर