• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:38:34

ट्र्याक बनेर १२ वर्ष बित्दा पनि बनेन् सडक, सडक नबन्दा जनतालाई सास्ती

 

 

हिउँदमा धुलाम्मे तथा बर्खा लागेपछि हिलाम्मे हुने सडकका कारण कुशे गाउँपालिका र बारेकोट गाउँपालिकाका जनताले सास्ती खेपेरहेको छ। तर सम्बन्धित निकायले खलङ्गा पाँचकाटीया सडकमा यातायात सञ्चालन गर्न ध्यान दिएको छैन् । जाजरकोटको खलङ्गा पाँचकाटीया २३ किलोमिटर सडकको ट्र्याक ९ सडकमार्ग  खुलेको १२ वर्ष बित्यो । पर्यटन र कृषि उत्पादनका हिसाबले महत्वपूर्ण मानिने यो सडकको छिटो स्तरोन्नति र निर्माण सम्पन्न हुनुपर्ने स्थानीयवासीको माग छ । खलङ्गादेखि पाँचकाटीया, पंैक, ब्याउली ढुङ्गा र बारेकोट गरी दुवैतिरबाट जुम्ला जोड्ने सडक हो यो ।

यो सडकमा मोटरसाइकलसमेत पार गर्न मुस्किल हुने गरेको कृषि प्राविधिक यज्ञबहादुर रोकायले बताउनुभयो ।

करोडौँ खर्च गरेर निर्माण गरेको उक्त सडकमा छ महीना पनि यातायात सञ्चालन हँुदैन । सडकको ट्र्याक खुलेकै वर्षौ बित्यो, तर स्थानीयवासीले यातायातको सुविधा पाउन सकेका छैनन् । सडक यातायात सञ्चालन नहुँदा दुर्गम गाउँमा खाद्यान्नका साथै दैनिक उपभोग्य वस्तुको ढुवानीमा समस्या भएको भेरी नगरपालिका२ बाहुनथान स्थानीय व्यापारी टिकाराम खड्काले बताउनुभयो ।

 

प्रतिकृया दिनुहोस

दलित महिलालाई बलात्कार ओरोपमा प्रहरी नायब निरीक्षक पक्राउ

  मुगुमा दलित महिलालाई बलात्कार गरेको आरोपमा प्रहरी नायब निरीक्षक (सई) पक्राउ परेका छन् । ३० वर्षीया दलित महिलालाई सापटी लिएको रकम लिन बोलाएर दलित

उपत्यकामा भूकम्पको धक्का महशुश

   काठमाडौं उपत्यकामा भूकम्पको धक्का महशुश गरिएको छ।  शनिबार साँझ ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएको ४ रेक्टरस्केलको

चट्याङ लागेर एकको मृत्यु भएको १० घाइते

   शनिबार पाँचथरका छुट्टाछुटै स्थानमा चट्याङ लागेर एकको मृत्यु भएको छ भने १० घाइते भएका छन् । दिउँसोको समयमा झरीसँगै परेको चट्याङ लागेर