• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 02:22:01

सुन्दा अचम्म लाग्न सक्छ: दुई आमाको कोखबाट एउटा बच्चा

काठमाडौं । दुई आमाको कोखबाट एउटा बच्चा ! सुन्दा अचम्म लाग्न सक्छ । अमेरिकामा समलिंगी जोडीले बच्चा दुईवटा कोखमा पालैपालो राखेर जन्म दिएका छन् ।

 

अमेरिकामा समलिंगी जोडी अन्ततः दुईवटा कोखमा एउटै बच्चा पालैपालो राखेर जन्म दिने विश्वकै पहिलो जोडी बनेका छन् । बच्चा दुईजना आमाको गर्भमा हुर्किएको पहिलो बन्न सफल भएको छ ।

 

समलिंगी जोडीले आफ्नो पहिलो बच्चालाई जन्म दिनका लागि आइभिएफ प्रविधिको सहयोग लिएका थिए । ६ वर्षसम्म डेट गरेपश्चात् एश्ले र ब्लिस कल्टर नामका ती दुई समलिंगी महिलाले सन् २०१५ मा बिहे गरे ।

दुबैजनाले बच्चा जन्माएर आमा बन्न चाहन्थे । तर लेस्बियन भएका कारण उनीहरुले प्राकृतिक तवरले गर्भाधारण गर्न सक्दैनथे । त्यसपछि उनीहरुले टेस्टट्युब बेबी प्रविधिको सहयोग लिए । ब्लिसको गर्भाशयबाट अण्ड कोष निकालियो र फर्टिलाइजेसन सेन्टरबाट लिइएको शुक्रकिट सँग मिलान गराई फर्टिलाइजेसन गरियो ।

भ्रुण तयार भएसँगै त्यसलाई ब्लिसको पाठेघरमा प्रत्यारोपण गरियो । केही समयपछि उक्त भ्रुणलाई ब्लिसको गर्भबाट निकालियो र २८ वर्षकी एश्लेको पाठेघरभित्र स्थानान्तरण गरियो । अन्ततः गत जून महिनामा एश्लेले एक छोरा जन्माइन् । त्यस बच्चाको नाम स्टेटसन राखिएको छ । स्टेटसन दुई आमाको गर्भमा हुर्किने दुनियाको पहिलो बच्चा बनेका छन् ।

प्रतिकृया दिनुहोस

मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमामा

  मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको छ । भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै

विश्वभरमा ९० करोड आइफोन

  एप्पलले तीन महिनाको आयको बारेमामा सार्वजनिक गरेको छ । यसमा एप्पलले आइफोनको घट्दो बिक्रीको बारेमा र हालसम्म कतिवटा एप्पलका उपकरण संचालनमा छन्

म्यानमार प्रहरीले रबरको  गोली प्रहार

  कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ ।  म्यानमारका स्वतन्त्रता हिरो जनरल आङ साङको