• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:49:48

अमला निक्कैनै  स्वस्थकर फल,निम्न यी रोग र समस्यामा निक्कै फाइदा गर्छ

अमला भन्ने बितिकै धरैलाई गाउघरको याद आउन शक्छ अब अमलालाई यशरि पनि संझौ न – अमला एक बहुगुणकारी फल हो । अमला लाई भिटामिन सीको प्रमुख स्रोतको रुपमा चिनिन्छ  हो । अमला खाँदा अमिलो र टर्रो भए पनि खाएको एकैछिनमा मुखमा मिठो स्वाद उत्पन्न हुन्छ । अमला निक्कैनै  स्वस्थकर फल पनि हो  । अमलाले निम्न यी रोग र समस्यामा निक्कै फाइदा गर्छ ।

आँखाको दृष्टिशक्ति  :-

अमलाको सुकेको चूर्णमा गाईको घ्यु वा मह मिसाई राती सुत्नुअघि नियमित सेवन गर्दा आँखा तेजिलो हुन्छ । मोतिविन्दु वा आँखाको अरू रोग भएमा ताजा अमलाको रस आधादेखि एक चम्चा दिनहुँ महमा मिसाई चाट्ने अथवा सँधै आँखालाई सुकेको अमला वा त्रिफलाको पानीले धुने गरेमा आराम हुन्छ ।

मुख समन्धी स्वास गन्हाउने  :-

अमलाको चूर्णले दाँत मल्ने, अमलाको पानीले कुल्ला गरेमा स्वास गन्हाउने समस्या हट्छ । केही समयसम्म अमला पनि नियमित रूपले खाने गर्नुपर्छ ।

कपालको चाया  :-

हप्तामा एकदुईपटक अमलाको चूर्ण वा त्रिफला चूर्ण पानीमा भिजाई टाउकोमा रौंको जरासम्म पुग्ने गरी मालिश गर्ने र त्यसपछि त्यसकै पानीले टाउको धुने गर्दा चाया पर्न छाड्छ । साथै, कपाल पनि लामो र चम्किलो हुन्छ ।

कब्जियत/अपच बाट   :- 

अमलाको सुकेको धुलोमा हर्रो र बर्रोको धुलो बराबर मिसाई एकदुई चम्चा सुत्ने बेलामा खाँदा बिहान दिसा खु्ल्छ । सुकेको अमलाको चूर्ण नियमित रूपमा पानीसँग सेवन गर्दा आउँ, अपच र कब्जियतमा फाइदा गर्छ ।

अरुचि :- 

दिनको दुईतीनवटा ताजा अमला खाने वा बिहान बेलुका खाना खानुअघि आधादेखि एक चम्चा सुकेको अमलाको चूर्ण खाँदा भोक लाग्छ ।

रगत बग्ने:-

रगत बढी बग्ने समस्या जस्तैः नाथ्री फुट्ने, महिलाको रक्तप्रदर (महिनावारीमा बढी रगत जाने), अलकाईको रक्तश्राव आदि समस्यामा अमलाको सेवन बढी गर्दा रक्तश्राव हुने क्रम घट्छ ।

जिउ बढी तात्तिने ;-

जिउ बढी तात्तिने, मुख सुक्ने वा हातगोडा पोल्ने भएमा त्यसबेला अमला भिजाएर पानीमा थोरै मिश्री राखी खाँदा लाभ मिल्छ ।

चिलाउने समस्या:-

सुकेको अमलाको चूर्णमा तोरीको तेल वा चमेलीको तेल मिसाई छालामा लगाउँदा चिलाउन कम हुन्छ ।

 भिटामिन सीको कमी पूरा गर्न:-

अमलालाई  भिटामिन सीको भण्डार भनेर पनिभन्ने गरिन्छ  । भिटामिन सीको अभावमा स्कर्भी, छालाका सम्बंदी धरै रोगहरु लग्न शक्छा जस्तै’- रक्तनली र मुटुका रोग हुन सक्छन् । यी र यस्ता रोगहरूबाट बच्न र निको पारी शरीरमा भिटामिन सीको कमीलाई परि-पूर्ति गर्न अमलाको नियमित रुपमा  प्रयोग गर्नु अति प्रभावकारी हुन्छ ।

प्रतिकृया दिनुहोस

आज ०३ माघ २०७५ बिहिवारको राशिफल

  आज ०३ माघ २०७५ बिहिवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बुद्धिको उपयोगले लक्ष्य पहिल्याउन सकिनेछ । छोटो दुरीको लाभदायी यात्रा

आज -२९ पौष २०७५ आइतवारको राशिफल

  आज -२९ पौष २०७५ आइतवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ला । यात्रामा सावधानी अपनाउनु पर्नेछ

आज - २७ पौष २०७५ शुक्रवारको राशिफल ,आजको दिन सन्तोषी मतको पुजागरे अधुरा काम बन्छ

  आज - २७ पौष २०७५ शुक्रवारको राशिफल मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । वित्तिय