• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:47:06

पद्मश्री साहित्य पुरस्कार 'यार'लाई

 

 

 

यो वर्षको पद्मश्री साहित्य पुरस्कार नयनराज पाण्डेको संस्मरणात्मक कृति 'यार'लाई प्रदान गरिने भएको छ। खेमलालहरिकला समाज कल्याण प्रतिष्ठानले आइतबार विज्ञप्ति जारी गरी पद्मश्री पुरस्कार२०७४ को घोषणा गरेको हो। प्रतिष्ठानले पद्मश्री साधना सम्मान झर्रोवादी अभियानका अभियन्ता डा. तारानाथ शर्मालाई प्रदान गर्ने जानकारी दिएको छ।

प्रतिष्ठानले २०६२ सालदेखि मोफसलमा प्रकाशित साहित्यिक कृतिलाई पद्मश्री साहित्य पुरस्कार दिँदै आएको छ। पुरस्कारको राशि दुई लाख रुपैयाँ छ। नेपाली सािहत्य, कला संस्कृतिमा अनवरत लागेका व्यक्तिलाई पद्मश्री सम्मान प्रदान गरिँदै आएको छ। यसको राशि पनि दुई लाख रुपैयाँ नै छ। यो २०६७ सालदेखि दिन थालेको प्रतिष्ठानले जनाएको छ।  पुरस्कार र सम्मान कोजाग्रत पूर्णिमामा प्रदान गरिन्छ।

 

प्रतिकृया दिनुहोस

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा पुस्तक प्रदर्शनी

  नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।   गत भदौ १९

‘नेपालमा संघीयता र राजनीतिक आर्थिक बहाव’ सार्वजनिक

  विनोद न्यौपानेको  'नेपालमा संघीयता राजनीतिक आर्थिक बहाव' नामक पुस्तक सार्वजनिक भएको छ। आइतबार वरिष्ठ पत्रकार भैरव रिसालले पुस्तकाको विमोचन

जन्म त्यहि थितिमा मृत्यु पनि त्यहि थितिमा युग कवि मोतीराम भट्टको सम्झन गरिदै साहित्य प्रेमीहरु

    नेपालमा छापाखाना भित्र््याएको श्रेय समेत पाएको राष्ट्रिय विभूति युवाकवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती नेपाल राज्यभर विभिन्न साहित्यिक