• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:56:05

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा पुस्तक प्रदर्शनी

 

नेपाल प्रज्ञा प्रतिष्ठानको ३३औँ प्राज्ञसभाका अवसरमा आयोजित पुस्तक प्रदर्शनीमा अहिलेसम्म करीब रु चार लाखको पुस्तक बिक्री भएको छ ।

 

गत भदौ १९ देखि यही असोज १९ गतेसम्म प्रतिष्ठानको परिसरमा सञ्चालन गरिएको उक्त प्रदर्शनीमा प्रतिष्ठानद्वारा विभिन्न समयमा प्रकाशित पुस्तक बिक्री भएको हो । प्रदर्शनीमा दर्शन, इतिहास, कथा, निबन्ध, कविता, ज्योतिष, गणित, धार्मिकलगायत विधाका करीब ४०० प्रकारका पुस्तक समावेश गरिएको छ । प्रतिष्ठानले विभिन्न लेखकका राम्रा कृतिलाई पछिल्लो समयमा अङ्ग्रेजीमा अनुवाद गरेर बिक्रीका लागिसमेत राखेको छ ।

 

नेपाली, संस्कृत, अङ्ग्रेजी भाषामा पुराना र नयाँ पुस्तक प्रदर्शनीमा समावेश गरिएका कारण त्यसको अध्ययनमा अभिरुचि राख्ने विभिन्न उमेर समूहका पाठकले आफूलाई चाहिएको विषयवस्तुका पुस्तकबारे जानकारी लिने र खरीद गर्ने गरेको पाइएको छ । महाकवि लक्ष्मीप्रसाद देवकोटाका विभिन्न कृति, राष्ट्रकवि माधवप्रसाद घिमिरेका कृति, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीका कृति, ‘सार्क मुलुकका महिला लेखिकाको कथाले अधिकांश पाठकलाई आकर्षित गरेको पाइएको छ ।

 

प्रतिष्ठानले प्रकाशनमा ल्याएको बृहद् शब्दकोशमा रहेका शब्द र अर्थलाई अङ्गेजीमा अनुवाद गरिएको प्रज्ञा नेपाली अङ्ग्रेजी शब्दकोशसमेत बिक्रीका लागि राखिएको प्रदर्शनीका संयोजक सुधिर ढुङ्गेलले जानकारी दिनुभयो । स्वदेशी तथा विदेशी ख्यातिप्राप्त साहित्यकारका महत्वपूर्ण कृतिलाई अङ्ग्रेजी र नेपाली भाषामा अनुवाद गरेर देश विदेशमा प्रवद्र्धन गर्ने नीति प्रतिष्ठानले लिएको छ । प्रतिष्ठानले त्यहाँ राखिएका विभिन्न पुस्तकमा १५ देखि ६० प्रतिशतसम्म छुटको व्यवस्था गरेको छ । समाचार ghorkhapatra online.com मा प्रकाशित भएको छ

 

प्रतिकृया दिनुहोस

कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै -गजल

  "गजल" कमाउला आमा धन-सम्पती जिउँदो छु म अझै ।  पठाउने छु तिमीलाई ओखती जिउँदो छु म अझै । केही गर्न कै लागि यो धर्तीमा जन्म लिएको हुँ  गर्ने छु

"मुक्तक" सङ्गै खेलेका साथी भाइ हरूले भुल्दै भुल्दै गए

    मुक्तक बासी भातलाई भुटेपछी फ्राई राईस भन्छन्  थोरै  दुख सुनाइदिहोस बल्ल खाईस भन्छन्  जहाँ गएर जे गरे पनि दुख पर्दा आफ्नै भुमि  जादा

"गजल " यहाँ पिंजड़ा छ खुल्ला, तैपनि दास भैदियो।

  हिडेँथे लिएर झोला, स्वप्न अकास भैदियो। निदाएँ जसै म आँखा, आँगन पास भैदियो।   निजी धारणा अँगाली, त्यो मरुभूमिमा पुगें, सँधै जन्मभूमि आफ्नो,