• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:39:17

काँग्रेसस भापति चयन गर्न विधान प्रत्यक्ष निर्वाचन प्रणालीबाट हुनुपर्ने सुझाव

 

नयाँ संघीय संरचनाअनुसार नेपाली काँग्रेस पार्टीको सभापति जिल्ला जिल्लामै क्रियाशील सदस्यले प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्न पाउनुपर्ने सुझाव आएको छ । पार्टीको विधान परिमार्जनका विषयमा छलफल गर्ने क्रममा यस्तो सुझाव आएको हो ।  हालसम्म काँग्रेसका केन्द्रीय पदाधिकारीको निर्वाचन प्रतिनिधिमूलक सदस्यहरूबाट हुँदै आएको थियो । हाल कायम रहेको निर्वाचन प्रणालीको विकल्पको रूपमा यो प्रत्यक्ष निर्वाचन प्रणालीका सुझाव आएको हो । हालसम्म सभापति, महामन्त्री र कोषाध्यक्ष पदमा निर्वाचन हुने गरेको छ ।

 नेपालको संविधानअनुसार समानुपातिक समावेशी समूहकै आधारमा सङ्गठनमा महिलालाई ३३ प्रतिशत सुनिश्चित गर्नुपर्ने, टिकट वितरण गर्दा अब तल्लो तहबाटै अनिवार्य सिफारिस हुनुपर्र्नेे, तल्लो निकायलाई नै बढी जिम्मेवार बनाउनुपर्ने, क्रियाशील सदस्यको व्यवस्थापन पनि नयाँ ढङ्गले गर्नुपर्ने कार्यसूची पनि छलफलका क्रममा प्रस्तुत भएका छन् ।

काँग्रेसले टोल, वडा, गाउँ÷नगर, प्रदेश क्षेत्र, प्रतिनिधि सभा क्षेत्र, जिल्ला, प्रदेश र केन्द्र गरी आठ तहको पार्टी संरचना हुने प्रस्ताव गरेको छ ।  असोज ८ बाट सातै प्रदेशमा जारी छलफलबाट आएका सुझावलाई एकीकृत गरी विधान मस्यौदा समितिले त्यार पारेको मस्यौदालाई केन्द्रीय कार्य समितिमा पेश गरिने छ । सो समितिले महाधिवेशनमा प्रस्ताव लाने छ र महाधिवेशनले पारित गरेपछि मात्रै काँग्रेसको नयाँ विधान कार्यान्वयन आउने छ ।

छलफलको संयोजन गरिरहनुभएका केन्द्रीय सदस्य दिलेन्द्रप्रसाद बडुले क्रियाशील सदस्यबाट सभापतिको निर्वाचन जिल्लामै मतदान गरेर त्यसको नतिजा मात्रै केन्द्रमा पठाउनुपर्ने सुझाव आएको छ भन्नुभयो ।

सभापतिका उम्मेदवारहरूले आआफ्नो घोषणापत्र र कार्यक्रम पेश गर्नुपर्ने र त्यसका आधारमा मात्रै मतदान गर्नुपर्ने विकल्प पनि आएको छ । यस्तै, कोषाध्यक्षको निर्वाचन नगरी मनोनीत गर्ने र अन्य सबै पदाधिकारीको निर्वाचन गर्नुपर्ने सुझाव पनि आएका छन् । केन्द्रीय सभापतिको अधिकारका विषयमा पनि सुझाव तथा विकल्पहरू आएका छन् ।

केन्द्रीय प्रशिक्षण विभागलाई प्रदेशभन्दा तल्लो तहसम्म पु¥याउनुपर्ने, अनुशासन समिति र निर्वाचन समिति स्थायी हुनुपर्ने र तल्लो तहसम्म पुग्नुपर्ने विकल्प पनि पेश भएका छन् ।

 

प्रतिकृया दिनुहोस

९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्राधिकरणको

विगत ४१ वर्षदेखि आयोजना गर्दै जलपान कार्यक्रम नेपाली काँग्रेस

  नेपाली काँग्रेसले विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको जलपान कार्यक्रम यसपाली पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड वामदेव गौतमको उम्मेदवारीको चर्चा सुरु भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डले