• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:34:13

नाटक “बोक्सी उद्योग” असोज २० गतेसम्म प्रदर्शनमा ,दर्शकहरुलाई मनोरञ्जनका साथै भावुक बनाउदै

कला क्षेत्रमा कामगर्ने उदेश्यले कलाकारलाई समाझ रुपान्तरणको मध्यमको रुपमा प्रयोग गर्दै स्थापना भएको लालटिन नेपालले पत्रकार तथा लेखक रामकुमार एलन द्वारा लिखित नाटक “बोक्सी उद्योग” मन्चन भैरहेछ ।

बनेस्वोर थापागाउ स्थीत कुन्ज थिएटरमा  असोज ५ गते देखि मन्चन भैरहेको नाटक “बोक्सी उद्योग” आउदो २० गतेसम्म प्रदर्शन हुने छ । मञ्चन भईरहेको नाटक ‘बोक्सी उद्योग’ प्रभाकर देभ शर्माको निर्देशन गरेकाछन् भने नाटकको परिकल्पना के.सी. राजा र पदम घिमिरेको रहेको छ ।

बोक्सी के हो ? कसलाई भनिन्छ बोक्सी र कसरि हुन्छ बोक्सी ? बोक्सीको आरोपमा घटेका घटना देखदा वा सुन्दा कसको आङनै सिरिङ्ग हुदैनर ? दलित, उत्पीडित, गरिब तथा एकल महिलाबाट आफ्ना स्वार्थ सिद्ध हुन नसकेपछि कसरी समाजका प्रतिष्ठित भनिएका व्यक्तीहरुले बोक्सीको आरोप लगाउँछन् भन्ने कथा बोकेको नाटक ‘बोक्सी उद्योग‘ मा कलाकारको अभिनयले दर्शकहरुलाई मनोरञ्जनका साथै भावुक पनि बनाउने गर्दछ ।

यस नाटकबाट समाजमा रहेको बोक्सी प्रथाको  बिरोधगर्दै बोक्सी उत्पादन गर्नेतत्त्वलाई चिरफार गर्ने प्रयास गरिएको छ ।नाटक आइतबार बाहेक अन्य सबै दिन साझ ५ बजे र सनिवार १ बजेपानी मन्चन गरिने आयोजकले बताएको छ ।

नाटकको मुख्य पात्र काजीको रुपमा कला क्षेत्रका निकै पारखी अभिनयको खानी नाटकको परिकल्पनाकार, गायक अनि सारङ्गी बादक तथा रङ्ग कर्मी  के.सी राजा को निकै राम्रो प्रस्तुति रहेको छ । पछिलो समय आफ्नै सब्द र स्वर को मेरो आमा र देश रोहिरहेछ” गीतबाट श्रोता र दर्शक को  मन मुटुमा बस्न सफल केसी राजाको अभिनयलाई दर्शकले नजिकबाट हर्न पाउनेछन् ।

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ।चलचित्र आगामी फागुन ३ गते रिलिजको

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत

म्युजिक भिडियोमा गायिका अन्जु पन्तको अभिनय

    ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा चर्चित गायिका अन्जु पन्त म्युजिक भिडियोमा देखिने भएको छ । गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि