• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:41:00

अब बन्ने कर्णाली प्रदेशको सरकार कांग्रेसको हुनु पर्नेमा युवा नेता शाहको जोड

 

 

नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाह नेतृत्वको टोलिले आज सुर्खेतको नेपालि कांग्रेस पार्टी कार्यलयमा आफ्नो कार्यकर्ताहरुसँग  भेटघाट गरेको छ। शाह नेपाली कांग्रेस भित्र आत्मीयता र हार्दिकता बढाउन नेपाली कांग्रेसका महामन्त्री पुर्ण बहादुर खड्काको निर्देशन अनुसार नेपाली कांग्रेसलाई कर्णालीमा बलियो पार्टी बनाउन कर्णाली भ्रमणमा लग्नु भएको हो ।

 भेटघाट कार्यक्रममा टोलिको नेतृत्व गरेका नेपाली कांग्रेसका युवा नेता ऋषिकेश जंग शाहले आफू नेतृत्वको भ्रमण टोलिको मुख्य उदेश्य अब आउने निर्वाचनबाट  कर्णालीमा नेपाली कांग्रेसको सरकार बनाउने,कर्णाली प्रदेश भित्रका धार्मिक तथा पर्यटकीय सम्पदाको प्ररबर्धन र कर्णालीका जनताको आवश्यकताको उजागर गर्न लागि पर्ने बताउनु भयो ।

देशभर कम्युनिस्टहरुको सरकार भएको बेला हामी फुटेर भन्दा जुटेर कम्युनिस्टहरु सँग मुकाबिला गर्नुपर्ने तिर शाहले जोड दिनुभयो । शाहले नेपाली कांग्रेस देश भर मध्ये सबैभन्दा कम्जोर कर्णाली प्रदेशमा भएको भन्दै अब आउने निर्वाचनमा कांग्रेस जिताउनलाई कर्णालीको भ्रमण गरेको बताउनुभयो।

पार्टी भित्र अनुशासन र एकताको खाचो भएकाले अब पार्टीमा आत्मीयता सहितको एकता र आत्म अनुशासन सहितको सहकार्यको जरुरी भएको पनि उहाँको ठहर थियो। मुगु जाने बाटोलाई कालोपत्रे गर्नु र हुम्ला जोड़ने बाटोलाई सरकारले पहिलो प्राथमिकतामा राख्नु पर्ने।  मुगुको छायानाथ राराताल , दैलेखको ऎतिहासिक पंच देवल अनि सुर्खेतको काक्रेबिहार लगाएतका सम्पदाको प्रचार गरेर कर्णालीको पर्यटनलाई बिकाश गर्नु पर्ने भ्रमण टोलीको सरकारसँग माग रहेको छ।

भ्रमण टोलिमा नेपाली कांग्रेस सुर्खेतका पार्टी सचिब टोप बहादुर रावत,जाजरकोट नेपाली कांग्रेसका युवानेता बेदराज सिंह ,नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्यद्वय तारक के सी,सुशीला गिरी,नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य केशर जंग शाही,नेपाल विद्यार्थी संघ सुर्खेतका पूर्ब अध्यक्ष सुरेन्द्र के सी,स्व बि यु सभापति नीराजन नेपाल,बिध्यार्थी नेताहरू सूरोत लामा र परोपकार अधिकारी लगायत १५ जनाको टोलि रहेको नेपाल विद्यार्थी संघ आर आर क्याम्पसका इकाई सचीव अनुराग शाहले जानकारी दिनुभयो।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ