• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:48:34

इंग्लिस प्रिमियर लिग: क्रिस्टल प्यालेसलाइ  पराजित गर्दै बोर्नमाउथ सातौ स्थानमा

 

सोमबार आफ्नो घरेलु मैदानमा भएको खेलमा बोर्नमाउथले क्रिष्टल प्यालेसलाई २-१ गोलअन्तरले पराजित गर्दै सातौ स्थानमा उक्लिएको छ । जितपछि सातौ स्थानमा उक्लिएको बोर्नमाउथको ७ खेलबाट १३ अंक भएको छ । लिगको शीर्ष स्थानमा भने म्यान्चेस्टर सिटी रहेको छ । सिटीको ७ खेलबाट १९ अंक रहेको छ ।

खेलको पाँचौ मिनेटमा नै ब्रुक्सले गोल गर्दै बोर्नेमाउथलाई अग्रता दिलाएका थिए । पहिलो हाफमा १-० गोलले अघि रहेको बोर्नमाउथले दोस्रो हाफमा थप १ गोल गर्दा १ गोल खान पुगेको थियो ।

खेलको ५५ औं मिनेटमा भानले गोल गर्दै क्रिस्टल प्यालेसलाई बराबरीमा पुर्‍याएका थिए । तर खेलको ८७औं मिनेटमा आएर क्रिस्टल प्यालेसले आफ्नै गल्तिको कारण पेनाल्टीबाट गोल खान पुग्यो । पेनाल्टीबाट बोर्नेमाउथका स्टानिलासले गोल गर्दै २-१ गोलको जित दिलाएका थिए ।

त्यस्तै, समान ७ खेलबाट १९ अंक नै जोडेको लिभरपुल गोलको आधारमा दोस्रो स्थानमा छ । चेल्सी ७ खेलबाट १७ अंक बनाउँदै चेस्रो स्थानमा रहंदा टोटनहृयाम ७ खेलबाट १५ अंक जोड्दै चौथो स्थानमा छ ।

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।