• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:01:47

विश्वभर रुसले साइबर हमला गरेको पश्चिमा देशहरुको आरोप 

 

रुसको सैन्य गुप्तचर विभागले विश्वभर कयौं साइबर हमला गरेको पश्चिमा देशहरुले आरोप लगाएका छन्। अमेरिका, बेलायत, नेदरल्यान्ड्स, क्यानडालगायतका देशले रुसले कयौं महत्वपूर्ण संस्थाहरुमा साइबर हमला गराएको आरोप लगाएका छन्। अमेरिकाले रुसी निशानामा फिफा, वर्ल्ड एन्टीडोपिङ एजेन्सी र एक परमाणु कम्पनी परेको दावी गरेको छ।

 

नेदरल्यान्डसले चार रुसी नागरिकमाथि नर्व एजेन्ट हमलामा जाँच गरिरहेको अर्गनाइजेसन फोर द प्रोहिविसन अफ केमिकल वेपन्समा ह्याकिङ्को षड्यन्त्र भएको आरोप लगाएको छ। त्यस्तै मलेसियाको एमएच १७विमानसँग सम्बन्धित अनुसन्धान प्रभावित गर्नसमेत साइबर हमला भएको आरोप उसले लगाएको छ। उक्त विमान सन् २०१४ मा युक्रेनमा रुस समर्थित विद्रोहीको नियन्त्रणमा रहेको क्षेत्रमा खसालिएको थियो, जसमा विमानमा सवार २९८ जनाको मृत्यु भएको थियो।

 

उता बेलायतले चार ठूला साइबर हमलामा रुसी गुप्तचर एजेन्सीको हात भएको आरोप लगाएको छ। त्यसैगरी क्यानडाले रुसी गुप्तचर एजेन्सीको निशानामा सेन्टर फर एथिक्स इन स्पोर्ट्स र वल्र्ड एन्टी डोपिङ एजेन्सी परेको दावी गरेको छ। रुसी सरकारले भने पश्चिमा देशहरुले लगाएको सम्पूर्ण आरोपलाई अस्विकार गरेको छ। रुसले एक वक्तब्य जारी गर्दै आफूहरुविरुद्ध योजनावद्ध तरिकाले दुष्प्रचार गरिएको बताएको छ । मोवाइल बोक्ने कुनै पनि रुसी नागरिकलाई जासूस भन्न थालिएको उसको भनाइ छ।

 

प्रतिकृया दिनुहोस

क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी

  काठमाडौं २७ पुस। पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको

को सँग युद्ध गर्दैछ चीन?

  एजेन्सी- चीनका राष्ट्रपति शी जिनपिंगले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार

सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु

    सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते