• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:47:10

सरकारको ‘गियर’ बदल्ने प्रचण्डको घोषणा

२० असोज, काठमाडौं । नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री प्रचण्डले सरकारका काम कारवाही प्रभावकारी बनाउन र गति दिन अब ‘गियर’ बदल्ने बताएका छन् ।

शनिबार राजधानीमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेकपा अध्यक्ष प्रचण्डले सरकारको कामलाई प्रभावकारी बनाउन अब गियर बदल्दै गाडीको गति दिएजसरी सरकारको काममा गति दिने बताए ।

अध्यक्ष प्रचण्डले पार्टीभित्र र बाहिर विभिन्न पक्षसँग बृहत अन्तरक्रिया गारी जनताले महशुस गर्नेगरी सरकारको कामलाई प्रभावकारी बनाउन मेहनत गर्ने बताए ।

अध्यक्ष प्रचण्डले पार्टी एकतालाई उल्टयाउने प्रयास गरिएको भन्दै त्यस्ता तत्वलाई परास्त गर्ने चेतावनी दिए । आइतबार बस्ने सचिवालय बैठकले पार्टी एकता टुंग्याउने सम्बन्धमा आवश्यक निर्णय लिने प्रचण्डको भनाइ छ ।

पार्टी एकतालाई सुदृढ हुन नदिन षडयन्त्र भइरहेको भन्दै सचेत रहन पनि प्रचण्डले पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका छन् ।

प्रतिकृया दिनुहोस

९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्राधिकरणको

विगत ४१ वर्षदेखि आयोजना गर्दै जलपान कार्यक्रम नेपाली काँग्रेस

  नेपाली काँग्रेसले विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको जलपान कार्यक्रम यसपाली पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड वामदेव गौतमको उम्मेदवारीको चर्चा सुरु भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डले