• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:22:18

एउटा सफलताको प्रेरणक उदाहरण – ईश्वर लुइँटेल

आज हाम्रो देशका बहुसंख्यक युवा अनेक बहानामा देश बाहिरिएका छ्न। सबैका आ-आफनै कारण होलान्। कोहि पढ्ने भनेर त कोहि कमाउन कै लागि देश बाहिरिएका छन। सबै भन्दा दिग्दारलाग्दो कुरा त आज यो देशका युवाले यहाँ आफ्नो भविस्य देख्नै छाडी सके।
जो जति बाहिरिएका छ्न/उनी हरु पनि फर्केर यो  ठाउमा आउन खोज्दैनन या चाहदैनन। जहाँ छ्न त्यही आफ्नो अस्तित्व र भविस्य खोज्न थाल्छन।

अनि सामाजीक सन्जालका भित्तामा आफ्नु देशको  वेदनाको बिलाप पोतेर कुनै महान चित्रकारले बिश्व बिख्यात क्यानभास रङ्गयाय झै गमक्किन्छ्न। यसो भनिरहदा यो देशको माटोमा आफ्नो मलिलो उर्जा सहितको योग्यताको बिउ रोप्नेहरुको प्रेणक उदाहरण पनि हुँदै नभएको भन्ने धारणा चै मेरो पटक्कै होइन। म त त्यस्तै उदाहरणीय प्रसङ्ग चै प्रकट गर्दै छु। “विदेश जाने रहर छैन, देशले कर पनि गरेको छैन, पढेर नि सेकवा पोल्छु आफनै देश मा, मलाइ लाज लग्दैन।” मध्यबानेश्वोर स्थित “माइकल गृल” रेस्टुरेन्टका  भित्तामा कलाआत्मक शैलीमा लेखिएका प्रेरक भनाइ पढ्दैगर्दा हर कोहिको स्वाभिमान जुर्मुराउन सक्छ।  पङकज खड्का जस्का संचालक छ्न। महेन्द्रनगर  पुर्खेउली घर भएका २६ बर्से युवा  पङ्कज जो आफ्नु संघर्सको बाटोमा निरन्तर चुनौतीपुर्ण रुपले हिडेका थिए। हाम्रो जस्तो बिकासको तिब्र गति लिदै गरेको मुलुकमा जागिर वा अवसर खोजेर हुदैन। पढेर बजारमा बिक्ने मात्रै हैन। आफैले रोजगारको स्रोत सृजना गर्न सक्नुपर्छ भन्ने मान्यता उनले बोकेका रहेछ्न।

उच्च शिक्षा का निम्ति अस्ट्रेलिया पुगेका उनी पढ्दै केही कमाएर आफ्नै देशमा फर्केर केही गर्ने सोचका बनाएका रैछ्न। त्यहा  पुगेपछी मात्र बुझेछ्न सोचे जस्तो सजिलो रहेनछ। जतिसुकै  सप्पन्न मुलुक होस काम नगरी माम नमिल्ने रहेछ। आफन्तको सहयोगले काम त सजिलै 
पाए तर आत्मसम्मान पाउन सकेन्न। तब आप्नु देश र  सामाजिक आत्मीयताको महत्त्व बुझ्ने गतिल्लो मौका पाएछन। अनि हिजोको सपनालाई  ईखका साथ यथार्थमा बदल्न हरेक चुनौती सहेर घोट्टिन  थाले!  जति सग्दो धेरै भन्दा धेरै काम गर्न थाले, स्थानीय रेस्टुरेन्टमा भाडा धुने कामबाट सुरुगरेर त्यसको किचेन सम्म मेहनत र लगनशीलका कारण प्रमोसन भए। संगै अन्य क्लिनिकमा सफाइको काम लगायत गरि नै रहे। दिनको करिब  १६ देखि १८ घन्टा काममै घोट्टिन्थे उनि साथसाथ पढाई पनि। तर हार कैलै मानेन। लागीपरि नै रहे। ब्यबस्थापनका बिध्यार्थी उनिमा पढाइको सर्टिफिकेटमा बिक्ने चाह थिएन।  ज्ञान र सिपकै बाहुबलमा सफल ब्यवसायी बन्ने सपना बोकेका पङ्कज तीन बर्ष पछि केही कमाइ संगै सीप बोकेर अस्ट्रेलिया छाडेर आफ्नै देश फर्किए।

कोटेश्वर स्थित दोलालघाट रेस्टुरेन्ट खरिद गरि सन्चालन गर्न थाले। केही समय चलाएर त्यस्लाइ बिक्री गरे। फेरि न्युरोड स्थित पिपुल्स प्लाजामा ठुलो लगानीमा रेस्टुरेन्ट नै खोलेर सन्चालन गर्न  थाले,बिडमबना नै भन्नुपर्छ ब्यापारले गति लिने समयमा नै भुकम्पको चपेटामा परे।  भुकम्पको सामाना गर्न ग्यासको विकल्पमा दाउरा समेत प्रयोग गरे। त्यसबाट उनले ठूलो ब्यापार घाटा बियोर्नुपर्यो। अन्त्यमा बन्दै गर्ने अवस्थामा पुगे। तथापी हतास्सिएनन, आत्तिएनन। धैर्यताका साथ अघि बढिनै रहे।


केही समयपछि ब्यवसायलाइ निरंतरता दिनकै लागि माइतीघरमा अर्को रेस्टुरेन्ट खोले। पंकज खड्का जतिसुकै अफ्ट्यारा परिस्थितिमा पनि प्रत्येक बर्ष ब्यवसायमा केन्द्रीत भइरहे। आफै र परिवारलाई यथेष्ट समय दिन सकेनन। जस्ले गर्दा केही जीवनका अध्यारा पक्षहरु सृजना समेत हुनपुगेको उनी आफै महसुस गर्छ्न। यधपी जिबनमा केही गर्नुपर्छ भन्ने मान्यताका पंकज हर परिस्थितिमा पनि 
रोक्किएनन। निरन्तर ब्यवसायिक संघर्स गरि नै रहेकाछ्न। उनी भन्छ्न; “मलाई के लाग्छ म के गर्दैछु त्यसमा मलाई ज्ञान चाहिन्छ त्यो म आफैले जान्नुपर्छ। अरुको भर परेर मात्र हुदैन, आफैले जान्नुपर्छ।”  हाल अन्य २ जनाको सहकार्यमा “माइकल गृल” सन्चालन गरिरहेका पंकजले यो रेस्टुरेन्टलाई यत्तिको ब्यवस्थित बनाउनलाई पनि धेरै नै  मेहनत गरेको सुनाउछ्न।

रेस्टुरेन्टको सजावटमा मात्र नभएर स्वादका निम्ति सबैभन्दा केन्द्रीकृत भएर मेहनत गरेको बताउछ्न। सेक्वा तिर आकर्षित भएका उनी सेक्वाको स्वादका निम्ति धेरै बिचार गरेर माइक बाजेको सम्मपुगे, त्यहाबाट उनले सेक्वा पोल्न सिके अनि सोचे त्यसलाइ नै ब्रान्ड बनाउने कि भनेर। सुरुमा माइकल बाजेसङै सहकार्य गर्ने सोच बनाएका उनलाइ माइकल बाजेबाट अपेक्षित सहकार्य मिल्न नसकेछी स्वाद र मसला का निम्ति आफैले धेरै मेहनत गर्नुपर्यो।

पछी आफैले रेसिपी तयार गरे अनि आफ्नै ब्रान्डको सोच बनाए। त्यही सिपलाइ ब्यवसायमा ढाल्ने निधो लिएका पङ्कज ले मद्यबानेस्वोर मा ठाउँ पनि पाइहाले साथसाथै अन्य सहकार्यलागि दुई जना लगानीकर्ता पनि।सुरु गरेको केही महिनामै किन्ने मान्छे आयपनि किनन्ने बेच्ने काम गरेर मात्रै हुदैन अब चाहिँ ब्रान्ड कै रुपमा बिस्तार गर्नुपर्छ भनेर लागिपरेका पंकज खड्काले “माइकल गृल” मा हाल दस जनालाइ मासिक दश हजार तलब दिएर रोजगार दिएका छ्न।दैनिक ३५००० भन्दा माथिको व्यापार गर्छ्न। बिस्तारै सामाजिक उतरदायित्व का निम्ति समाज सेवामा समेत काम गर्ने सोच बनाएका पंकज जस्तै युवा हरुको संख्या केही बढ्न सके देश बिकासमा ठूलो टेवा मिल्न सक्छ।

प्रतिकृया दिनुहोस

दैनिक सेवन गरिने खानाले यसरी बढाउँछ, मुटुको रोग

विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ । यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो

पैसा तिरेर पानीपुरी खानकै लागि मान्छेको ओइरो

ईश्वर लुइँटेल- कार्तिक ११ काठमाडौँ।।  एउटा पानीपुरी पसलेले कति कमाउला?अझ ब्यबसायकै लागि त सुन्दै धेरै का निम्ति अपचै हुनसक्छ। तथापि गरे के हुदैन?

अमला निक्कैनै  स्वस्थकर फल,निम्न यी रोग र समस्यामा निक्कै फाइदा गर्छ

अमला भन्ने बितिकै धरैलाई गाउघरको याद आउन शक्छ अब अमलालाई यशरि पनि संझौ न – अमला एक बहुगुणकारी फल हो । अमला लाई भिटामिन सीको प्रमुख स्रोतको रुपमा