• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 07:11:05

मौलिक हकका १६ विधेयकमध्ये ११ वटा विधेयक छलफल नै नगरी पारित

 

दर्ता, संशोधन, दफावार छलफल, पारित लगायतका धेरै प्रक्रिया सदनले कानुन तर्जुमाका क्रममा अपनाउँछ तर हालै संघीय संसद्बाट पारित मौलिक हकका १६ विधेयकमध्ये ११ वटा विधेयक राष्ट्रियसभाले कुनै छलफल बिना नै पारित गर्नुपरेको सांसद्हरूको भनाइ छ । सरकारले अन्तिम समयमा मात्र विधेयक सदनमा पेस गरेपछि प्रतिनिधिसभा र राष्ट्रियसभा दुबैले एक–अर्का सदनबाट आएका विधेयक नियम निलम्बन गरेर पारित गरेका थिए । संवैधानिक समयसीमा पूरा गर्न प्रतिनिधिसभाबाट पारित भएका ११ विधेयकमा संशोधन दर्ताको समय समेत नियम निलम्बन गरेर छोट्याइएको थियो ।

 

राष्ट्रियसभा सदस्य एवं वरिष्ठ अधिवक्ता राधेश्याम अधिकारीले प्रतिनिधिसभाबाट प्राप्त ११ विधेयकमा सभाले अध्ययनको मौका बिना नै पारित गर्नुपरेको बताउनुभयो । संसदीय मामिला पत्रकार समाजको अन्तक्र्रियामा अधिकारीले मौलिक हकका ११ विधेयक एकपटक पल्टाएर नहेरी, प्रतिवेदन समेत पढ्न नपाई पारित गरेको बताउनुभयो।यो भन्दा लज्जास्पद विषय सांसद्का लागि अरु केहि नहुने पनि बताउनु भयो ।’

मौलिक हकका १६ विधेयकमध्ये अन्तिम समयमा ११ विधेयकको कारबाही प्रक्रिया प्रतिनिधिसभाबाट सुरु भएको थियो । चारवटा विधेयकको उत्पति भने राष्ट्रियसभाबाट भएको थियो । सार्वजनिक सुरक्षा ऐन संशोधन विधेयक भने पहिलो अधिवेशनबाटै पारित भएको थियो । अन्तिम समयमा दर्ता भएका ११ विधेयक प्रतिनिधिसभाबाट पारित भई राष्ट्रियसभामा पेस भएका थिए । यस्तै, राष्ट्रिय सभाबाट उत्पति भएका चार विधेयक प्रतिनिधिसभाबाट पारितका क्रममा पनि नियम निलम्बन गरिएको थियो । प्रतिनिधिसभाले चारवटै विधेयकमा संशोधनको समय ७२ घन्टालाई १२ घन्टामा झारेको थियो ।

 

अन्तक्र्रियामा पूर्व सभामुख सुवासचन्द्र नेम्वाङले संसदीय समितिहरूलाई प्रभावकारी बनाउन सबैकोे सहयोग रहने बताउनुभयो । समितिको क्षेत्रधिकार लगायतका विषय सम्बन्धित समितिका सभापतिहरुको समन्वयमा पनि टुंग्याउन सकिने उहाँको भनाइ छ । अन्तक्र्रियामा उहाँले संसदीय प्रक्रियामा समाचार संकलन गर्दा सञ्चारकर्मीले ध्यान पु¥याउनु पर्ने विषयमा जानकारी दिनुभएको थियो ।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ