• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:23:03

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड

काठमाण्डूमा उपनिर्वाचनको कुरा सकियो: प्रचण्ड

वामदेव गौतमको उम्मेदवारीको चर्चा सुरु भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डले त्यसबारे बोलेका हुन्।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का एकजना अध्यक्ष पुष्पकमल दाहालले शुक्रवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले पार्टी अब काठमाण्डौं ७ बाट चुनाव लड्ने 'लफडामा नफस्ने' बताए।

उनले वामदेव गौतम स्वयंले समेत आफूले चुनाव नलड्ने भनेकाले यसको चर्चा नै सकिएको दाबी गरेका छन्।

गौतमको उम्मेदवारी सम्बन्धी चर्चा शुरू भएसँगै पार्टीभित्रै पक्ष-विपक्षमा कुराहरू उठेपछि प्रचण्डको पछिल्लो भनाइ आएको हो।

उता पूर्वप्रधानमन्त्री समेत रहेका पार्टीकै एकजना वरिष्ठ नेता झलनाथ खनालले भने गौतमको प्रतिनिधिसभामा जाने इच्छाको सम्मान गर्न 'अन्य कुनै सुरक्षित निर्वाचन क्षेत्रमा जान सकिने' बताएका छन्।

उपनिर्वाचन गराएर उम्मेदवारीको चर्चा सुरु भएसँगै गौतम र उनकालागि सीट खाली गर्न लागेका काठमाण्डू निर्वाचन क्षेत्र नम्बर सातका सांसद रामवीर मानन्धरको आलोचना पनि सुरु भएको थियो।

त्यसबिचमा गौतम स्वयंले दुवै अध्यक्ष सहित पार्टीका कतिपय पदाधिकारीसँग छलफल समेत गरेका थिए।

अध्यक्ष दाहालले अब विकास निर्माणका काम छाडेर त्यस्ता काममा नअल्झिने बताउँदै कार्यकर्ताहरूलाई त्यसबाट चिन्तित नहुन आग्रह गरेका थिए।

उनले भने, "रामवीरको राजिनामा, वामदेवले चुनाव लड्नेजस्ता के के कुरामा चिन्ता लिनुपर्दैन। पार्टीले निर्णय गर्छ तर अहिले हामी त्यस लफडातिर लाग्दैनौं। यो कुरा सकिएको छ।"

 

प्रतिकृया दिनुहोस

९९ घर परिवारसम्मको एकीकृत बस्ती विकास गर्ने जिम्मेवारी स्थानीय तहलाई

  राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले ९९ घरपरिवारसम्मको एकीकृत बस्ती विकास गर्नका लागि स्थानीय तहलाई जिम्मेवारी दिने निर्णय गरेको छ। प्राधिकरणको

विगत ४१ वर्षदेखि आयोजना गर्दै जलपान कार्यक्रम नेपाली काँग्रेस

  नेपाली काँग्रेसले विगत ४१ वर्षदेखि आयोजना गर्दै आएको जलपान कार्यक्रम यसपाली पनि आयोजना गर्ने भएको छ । कार्यक्रममा सर्वसाधारणका साथै विशिष्ट

समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भयको ओलीको भनाई

काठमाडौँ, असोज २५ गते । प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध मुलुक निर्माणको पहिलो आधार शान्तिसुरक्षा भएको बताउनुभएको छ ।   प्रहरी प्रधान