• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:20

फोहर व्यवस्थापनको दीर्घकालीन समाधानमा जोड

काठमाडौँ, असोज २८ गते । काठमाडौँ महानगरपालिकाको फोहर व्यवस्थापनमा महानगरको एक्लो प्रयासमात्र पर्याप्त नहुने र त्यसमा सरकारको पनि सहयोग जरुरी रहेको बताइएको छ ।

काठमाडौँ महानगरपालिकाका उपप्रमुख हरिप्रभा खड्गीले फोहर व्यवस्थापनका लागि महानगरपालिकाले सम्पूर्णरूपमा प्रयास गरिरहे पनि त्यो पर्याप्त हुन नसकेको भन्दै सरकारले दिगो रूपमा फोहर व्यवस्थापन गर्न राष्ट्रिय नीति र योजना तयार गर्नु जरुरी रहेको बताउनुभयो ।

महानगरपालिकाले सडकमा आएका फोहर उठाउने बाहेक अन्य कार्य नगर्ने भएकोले यसको दिगो व्यवस्थापनमा सरकारले नै निर्णय गर्नुपर्छ,’ खड्गीको भनाइ छ ।

महानगरपालिकाले सहरको फोहर व्यवस्थापन गर्दै आएको बताउँदै उहाँले फोहर उठाउने मात्र नभएर यसको दीर्घकालीन समाधानतर्फ सरकार गम्भीर हुनुपर्छ भन्नुभयो ।

महानगरपालिकाले सडकको फोहर उठाउने भनिए पनि अझै पनि कतिपय स्थानका फोहर नियमितरूपमा उठ्न नसकेको स्थानीयको गुनासो छ ।

सिनामङ्गलदेखि पश्चिम सिधा सडकमार्ग पुतली सडक भई बागबजारसम्म नियमितरूपमा फोहर उठ्न सकेको छैन । स्थानीयको भनाइमा मूल सडकम नियमित फोहर नउठ्ने र कपियय सडकसँग जोडिएका गल्लीमा कुचीकारको उपस्थितिसम्म रहेको छैन । डिल्लीबजारको बसन्तेश्वर गल्ली , घले गल्ली, रघु गल्ली, चिउरी गल्ली र डिल्लीबजार मूल सडक मार्गमा फोहर उठिरहेको छैन ।

खड्गीका अनुसार महानगरपालिकाले फोहर हटाउन सहयोग गरिरहेको छ तर स्थानीयल सहयोग गरिरहेका छैनन् । फोहरको दीर्घकालीन व्यवस्थापन गर्ने कार्र्यमा स्थानीयको सहयोग र सरकारको दीर्घकालीन नीति र योजनालेमात्र शहर सफा राख्न सहयोग पुग्ने उपप्रमुखको भनाइ छ ।

डिल्लीबजार पद्मकन्या स्कुल अगाडि रातमा कौसीबाटै फोहर सडकमा फ्याँकेर सडक फोहर गर्छन् यो फोहर उठिरहेको छैन स्थानीय बताउँछन् । उपप्रमुख खड्गीले यो क्षेत्रमा सीसीटीभी राखेर कारबाही गर्ने योजना बनाइएको बताउनुहुन्छ । स्थानीय युवालाई जरिवाना सङ्कलन गर्ने कार्यमा परिचालन गर्ने कार्ययोजना बनाएको महानगरपालिकाको रहेको उहाँ बताउनुहुन्छ ।

प्रतिकृया दिनुहोस

अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा बिरामी

छोरीका निम्ति न्यायको खोजी गर्दै कार्तिक २५ देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन्। जिल्ला प्रशासन

नुवाकोट जील्लाको इतिहास यस्तो छ

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न•३ अर्न्तगत राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले

चिकित्सकको पाँच दिनको निगरानीपछि फर्किए प्रधानमन्त्री बालुवाटार

  पाँच दिनको चिकित्सकीय निगरानीपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। गत सोमबार बिहान छातीमा संक्रमण