• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:52:20

पैसा तिरेर पानीपुरी खानकै लागि मान्छेको ओइरो


ईश्वर लुइँटेल-
कार्तिक ११ काठमाडौँ।।  एउटा पानीपुरी पसलेले कति कमाउला?अझ ब्यबसायकै लागि त सुन्दै धेरै का निम्ति अपचै हुनसक्छ। तथापि गरे के हुदैन? ललितपुर स्थित पाटन,मङलबजारको मङलधाराकै देब्रे पट्टि रहेको द हाइजेनिक पानी-पुरी;जहाँ पुगेपछी मैले जे देखे। साधारण तर लोभलाग्दो ब्यापार देखेर आफै अचम्मित भए! पैसा तिरेर पानीपुरी खानकै लागि मान्छेको ओइरो छ।…दाइ चार प्लेट पानीपुरी गरिदिनु न।बस्दै गर्नुहोस,अगाडिको अर्डर अलि धेरै छ।त्यो सक्के छि तपाइँको पालो।पल्लो कुना बाट आवाज आउछ, दाइ खोइ हाम्रो पानीपुरी कहिले आउँछ?पुल्लुक्क तेता आँखा घुमाए।त्यो टेबलमा एउटा ढुकुरे जोडी रहेछ।दुबै जोडीको अनुहार ग्रहण लागे झै अध्यारो छ, सायद पानीपुरी नआएकै कारण हुनुपर्छ।मैले अड्कल काटे! छेवैको टेबलमा एक ग्रुप केटीहरु खानुको सट्टा हात तन्काएर पानीपुरी सङ सेल्फि खिच्दै छ्न।

दैनिक २०००० देखि ३०००० हाराहारिको ब्यापार हुने हाइजेनिक पानीपुरिमा ६० रुपैयाँ प्रती प्लेट को पानीपुरी बाहेक (ससेज, मम,सेक्वा,स्याफली,मश्रुम,आलु चप/स्टिक) लगाएतका अन्य डिसहरु पनि राखिएको रहेछ।तर विशेष चाही पानीपुरी कै लागि मान्छे विभिन्न ठाउबाट आउने सन्चालक स्याम कृष्ण कपाली सङको कुराकानी पछि थाहा पाए।पसल आफनै घरको आगनमा भएका कारण भाडा नतिर्नुपने आर्को सहज पाटो रहेछ।कुनै पनि सफलताको पछाडी संघर्षको आफ्नै अध्याय हुन्छ।त्यस किसिमको कहाली लाग्दो अध्याय द हाइजेनिक पानीपुरीका सन्चालक स्याम कृष्ण कपालीमा पनि मैले भेटे।जस्ले गर्दा मलाइ अझ उत्सुकता दिलायो र अन्त्य सम्मको कुराकानी पश्चात् उहाको ब्यवसायिक साफलता र ब्यक्तिगत संघर्ष मेरा निम्ति प्रेरणाको अध्याय समेत बन्न पुग्यो।

दस बर्ष पहिले उहाले पानीपुरि बाट मात्र सुरु गरेको यो ब्यवसायमा केहि बर्स पछि मात्रै स्टिक फुड राख्न थालिएको उहाले बताउनु भयो।यद्यपि पानीपुरी जस्तो अरुबाट नभएनी पानीपुरी एक्लै हुनु भन्दा केही अरु आइटमहरु पानीपुरीको साथीका रुपमा राखेको छु।कति जनाले पनिपुरीलाइ सितन खोज्नु हुन्छ त्यो भएर नि अन्य डिस राखेको हु, स्याम कृष्ण कपालीको ठटेउली थियो । सुरु का दिनमा त निकै गारो भयो राम्रो सिप बिनै काम सुरु गरियो, परिवारको पनि राम्रो सहयोग थिएन, हुर्कदै गरेका एक छोरा र एक छोरी अनि उनि हरुको लालन पालनको जिम्मेवारी एकातिर र सबै भन्दा ठुलोकुरा त यो ब्यवसाय सुरु गर्नु पुर्ब पर्यटन ब्यसायमा ठूलो रकम फस्यो।एकातिर त्यत्रो लगानी गरिएको ब्यवसाय डुबेको अवस्था अर्कोतर्फ साधारण पानीपुरी पसल सुरु गर्नु आफै र परिवारका लागि पनि सन्तोष को बिसय थिएन।तर सोचेको जस्तो सबै त कहाँ हुदो रहेछ जिबनमा, आफुलाइ निकै सम्यम बनाएर अघि बढेको थिए।दुख त आज नि छ तर हिजो को भन्दा भिन्दै, आज मेरो सबै भन्दा ठुलो सहारा नै यहि पसल छ।स्याम कृष्ण कपाली ले भन्नुभयो।

दैनीक तीन सय देखि पाच सय प्लेट पानीपुरी मात्र ब्यापार हुने गरेको द हाइजेनिक पानीपुरी मा आठ जना कर्मचारीले रोजगार समेत पाएका रहेछ्न । गर या मर, जिबनको साच्चो अर्थ यहि नै हो। हाम्रा महान पुर्खा या अग्रज जस्ले आफू संगै सिङ्गो सामाज र देशलाई सकारात्मक प्रगतिकको पथमा पुर्याय,उहाहरु सबैले यहि वाक्यलाइ प्रमाणिात गरे।सन्सार क्रियाशीलता को जग हो भन्नेकुराको उदाहरण पेश समेत गरे। सपना धेरैले कोर्छ्न, सफल निकै कम बन्छन। र जो सपनालाइ साकार पार्न हर-दिन, हर-रात काम गर्छ्न, मेहनत गर्छ्न तिनै सफल बन्छ्न द हाइजेनिक पानीपुरी पसलका संचालक स्याम कृष्ण कापालीको संघर्ष र सफलताले नि यहि बुझाउछ।

प्रतिकृया दिनुहोस

दैनिक सेवन गरिने खानाले यसरी बढाउँछ, मुटुको रोग

विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ । यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो

एउटा सफलताको प्रेरणक उदाहरण – ईश्वर लुइँटेल

आज हाम्रो देशका बहुसंख्यक युवा अनेक बहानामा देश बाहिरिएका छ्न। सबैका आ-आफनै कारण होलान्। कोहि पढ्ने भनेर त कोहि कमाउन कै लागि देश बाहिरिएका छन। सबै

अमला निक्कैनै  स्वस्थकर फल,निम्न यी रोग र समस्यामा निक्कै फाइदा गर्छ

अमला भन्ने बितिकै धरैलाई गाउघरको याद आउन शक्छ अब अमलालाई यशरि पनि संझौ न – अमला एक बहुगुणकारी फल हो । अमला लाई भिटामिन सीको प्रमुख स्रोतको रुपमा