• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:26:16

प्रधानमन्त्री ओलीको त्रिवि शिक्षण अस्पतालमा उपचारहुदै , छातीमा देखियो संक्रमण

कार्तिक १२ काठमाडौँ ।। प्रधानमन्त्री के पी ओली उपचारको लागि आज बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्ज पुर्याएको छ।  ओलीलाई सामान्य रुघाखोकी पनि निको नभएपछि  स्वास्थ्य परीक्षणका लागि अस्पताल पुर्याएको हो । प्रधानमन्त्री ओली  शनिबार नेकपाले आयोजना गरेको चियापान कार्यक्रममा समेत जान सकेका थिएनन् ।

प्रधानमन्त्री के पी ओलीको उपचारमा  मुटुरोग विशेषज्ञ डा. अरुण सायमी, निजी चिकित्सक डा. विद्या सिंह र छाती रोग विशेषज्ञ सन्त दासलगायतको टोली खटिएका  छन्  । डा. का अनुसार  ‘प्रधानमन्त्री ओलीको स्वास्थ्य अहिले सामान्य छ , १/२ दिन उहालाई अस्पतालमै चिकित्सकको निगरानीमै  राख्नुपर्छ ।’

अस्पतालको पहिलो रिपोर्ट अनुसार उनको छातिमा संक्रमण देखिएको छ भने शरिरमा चिनीको मात्र असन्तुलित देखिएको छ । प्रधानमन्त्रीको शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार भइरहेको छ ।

 

प्रतिकृया दिनुहोस

अनिश्चितकालिन धर्नामा बसेका निर्मलाका आमाबुवा बिरामी

छोरीका निम्ति न्यायको खोजी गर्दै कार्तिक २५ देखि अनिश्चितकालिन २४ घण्टे धर्नामा बसेका निर्मला पन्तका आमाबुवा बिरामी परेका छन्। जिल्ला प्रशासन

नुवाकोट जील्लाको इतिहास यस्तो छ

नुवाकोट जिल्ला नेपालको मानचित्रमा मध्य क्षेत्रको प्रदेश न•३ अर्न्तगत राजधानी काठमाडौंको उत्तर-पश्चिम दिशामा अवस्थित एक ऐतिहासिक पृष्ठभुमिले

चिकित्सकको पाँच दिनको निगरानीपछि फर्किए प्रधानमन्त्री बालुवाटार

  पाँच दिनको चिकित्सकीय निगरानीपछि प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्री निवास बालुवाटार फर्किएका छन्। गत सोमबार बिहान छातीमा संक्रमण