• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 04:13:23

सेनाले समयमा विस्फोटक पदार्थ उपलब्ध नगराउदा कान्ति लोकपथको सडक निर्माणमा ढिलाइ

 

८९ किलोमिटर लम्बाइ रहेको हेटौँडाकाठमाडौं जोड्ने दुई लेन सडक आगामी वैशाख महिनादेखि सञ्चालनमा आउने भएको छ । कान्ति लोकपथ सडक यो वर्षको अन्तिमसम्ममा पूर्णता पाउने भएको छ। सडकलाई कात्तिक महिनासम्ममा सञ्चालन गर्ने तयारीका साथ काम भए पनि सडक विस्तारमा कडा चट्टानको अवरोधको कारण समस्या भएको बताइएको छ। कडा चट्टान फुटाउन विस्फोटक पदार्थ नपाइएकाले काममा केही ढिलाइ भएको आयोजनाले जनाएको छ। कान्ति लोकपथ सडक  हालसम्म २१ किलोमिटर कालोपत्रे भइसकेको १९ किलोमिटर मकवानपुरतर्फ दुई किलोमिटर ललितपुरतर्फ गरिएको आयोजनाले जनाएको छ। चालू आर्थिक वर्षसम्ममा कालोपत्रे गर्ने लक्ष्य आयोजनाको छ। वैशाख महिनासम्ममा करिब साढे ६ किलोमिटर सडकबाहेक बाँकी सबै भाग कालोपत्रे गरिसक्ने इन्जिनियर एवं सूचना अधिकारी नरेन्द्र भट्टले दाबी गरे।

  आयोजनाले तीन वर्षअघि नै नेपाली सेनासँग पाँच टन विस्फोटक पदार्थ माग गरेको थियो। सेनाले समयमा विस्फोटक पदार्थ उपलब्ध गराउन नसकेपछि काम अवरुद्ध भएको हो। हेटौँडाबाट मुग्लिन हुँदै काठमाडौँ आउने २२६ र पालुङ हुँदै आउने १३६ किमि, हेटौँडादक्षिणकालीकाठमाडौं सडकको विकल्पको रूपमा यो लोकपथलाई हेरिएको छ।

  २०१३ सालमा सुरु भएर २०१६ सालदेखि नै एक लेनको कान्ति लोकपथमा सवारीसाधन चल्न सुरु गरे पनि ललितपुर मकवानपुरको सीमा बागमती नदीमा पुल नबन्दा समस्या भएको थियो।

लोकपथको निर्माण सम्पन्न गर्न मकवानपुरतर्फ करिब ८५ करोड र ललितपुरतर्फ एक अर्बभन्दा बढी खर्च लाग्ने अनुमान छ। अघिल्लो आर्थिक वर्ष ६० करोड रुपैयाँ खर्च भएको आयोजनामा चालू आर्थिक वर्षका लागि पनि त्यति नै विनियोजन भएको छ

प्रतिकृया दिनुहोस

आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार ,कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मानिदै

  आज यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुर तिहार वानरक चतुर्दशीको दिन।आजको दिन  घर-घरमा  कुकुरलाई मन पर्ने खाना ख्वाई

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले धनगढी चौराहादेखि

एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु

स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई