• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:53:28

कृषिसम्वन्धी नेपाल र कतारबीच समझदारी हस्ताक्षर, महासंघद्वरा सिधा बजार माग

 

   चारदिने विदेश भ्रमनको क्रममा रहेको  राष्ट्रपति विद्यादेवी भण्डारीसहित महासंघकी अध्यक्ष भवानी राणा सहितको प्रतिनिधिमण्डलले दुई देशबीच कृषि क्षेत्रमा सहकार्य अघि बढाउनु पर्ने बताउनुभयो  । नेपाल उद्योग वाणिज्य महासंघले कृषि उपजमा कतार र नेपाल बीच सहकार्य गर्नु पर्ने बताएको छ। नेपालबाट निर्यात सम्भावना रहेका अलैंची र अदुवाजस्ता व्यावसायिक बालीहरू भारत र भारतकै बाटो भएर तेस्रो मुलुक गइरहेकोमा कतारले  आफ्नो बजारमा सिधै पहुँच दिनुपर्ने अध्यक्ष राणाको धारणा रहेको छ।

 

 महासंघकी अध्यक्ष राणाले अहिले नेपालबाट कतारमा थोरै सामाग्री निर्यात हुने गरेकोमा कृषि सामाग्रीलाई बढवा दिन सके निर्यात बढ्ने बताएकी हुन्। अहिले 'कतारको नेपालमा म्यानपावरको व्यावसाय मात्र रहेकोले  नेपालले श्रमिक पठाउने देशको रुपमा बनेको आफ्नो परिचय बदल्नुपर्ने कुराम जोड दिनु भयो ।  

 

यसै बीच कतार र नेपाल बीच कृषि र खाद्य सुरक्षा क्षेत्रमा सहकार्य सम्बन्धि एक समझदारी पत्रमा हस्ताक्षर भएको छ । कतारबाट नेपालमा आयातित सामाग्रीको आयत बढ्दै गए पनि निर्यात भने नगन्य मात्रै रहेको छ। आर्थिक वर्ष २०७४/०७५ मा कतारबाट ४४ करोड ५३ लाख रुपैयाँको सामान आयत भएकोमा नेपालबाट भने एक करोड रुपैयाँको सामान पनि निर्यात हुन सकेको छैन।  त्यस्तै कतार नेपालको प्रमुख श्रम गन्तव्य देखिएको छ। चालु आर्थिक वर्षको दुई महिनामा मात्रै १४ हजार २७८ जना रोजगारीको लागि गएका छन्।

 

प्रतिकृया दिनुहोस

पाँच महीनाको तथ्याङ्कअनुसार सात भन्सारको निर्यात शुन्य

  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट

पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने पम्पमाथि कारवाही

    वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको

परालको चप्पल बनाउने पेशामा आकर्षित एकल महिला

    रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष