• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:49:59

चौथो बर्दगोरीया सेती लोकमार्ग फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण भोली पुरा हुने

राजेन्द्र रावल-

बौनिया सडकपुर बौनिया युवा क्लवको आयोजनामा कैलालीको बर्दगोरीया गाउ“पालिकामा भैरहेको चौथो बर्दगोरीया सेतीलोक मार्ग खुल्ला फुटबल प्रतियोगिताको क्वाटरफाईनल समीकरण भोली बिहीबार पुरा हुने भएको छ ।

बिहीबार दिउसो भोली १२ वजे हुने हाईवेप्लाजा नववालबाटिका र गौरीगङ्गा ११ स्पोर्टस क्लब र दिउसो ३ वजे हुने राणा कप्मप्लेक्स एच.बि.एन.एस र १४ जी .आर एण्ड गोल टे«नीङ्ग सेन्टर टिकापुर बिचको खेलको समाप्ती पछी क्वाटरफाईनल समीकरण पुरा हुने आयोजक क्लब का अध्यक्ष प्रकास साउ“दले जानकारी दिएका छन् ।

प्रतियोगीतामा यस अघी नै आयोजक सडकपुर बानिया“ यूवा क्लब को ए र बि टिम संगै,ईन्द्रेणी यूवा क्लब नौनीया,जी.एच आर. एफ.सी टिकापुर ,घोडाघोडी क्लब सुखड र पी.एफ.ए अत्तरीया क्वाटरफाईनल पुगी सकेका छन् ।
क्वाटरफाईनल खेलहरु १६ र १७ गते सञ्चालन हुनेछन् । कात्तिक ८ गतेबाट सुरु भएको प्रतियोगीता २० गते सम्म चल्नेछ ।
चौथो बर्दगोरिया सेति लोकमार्ग फुटबल प्रतियोगिताको मुख्य प्रबद्धकमा बर्दगोरिया गाउपालिका रहेको छ । भने मुख्य प्रायोजकमा सरस्वती एग्रो इन्डस्टृज रहेको छ ।
प्रतियोगितामा प्रथम र द्धितिय हुनेलाई क्रमशः नगद २ लाख र १ लाख मेडल, प्रमाणपत्र रहेको छ ।
प्रतियोगितामा कैलाली जिल्लाका भीत्रका बिभीन्न १९ वटा टिमहरुको सहभगिता रहेको संयोजक पुष्प भण्डारीले जानकारी दिनु भएको छ ।

प्रतिकृया दिनुहोस

 नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ को आयोजना गर्ने

    मंगलवार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा पत्रकार सम्मेलनको आयोजना गर्दै अखिल नेपाल फुटबल संघ ‘एन्फा’ले ‘नेपाल सुपर लिग’ फुटबल

शहीद स्मारक ए डिभिजन लिगमा नेपाल प्रहरी र एपीएफ क्लब भिड्दै

      एपीएफको घरेलु मैदानमा मंगलबार दिउँसो साढे २ बजे हुने खेलमा शहीद स्मारक ए डिभिजन लिगमा आज विभागीय डर्बीमा नेपाल प्रहरी र एपीएफ क्लब

प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता सर्ने निश्चित

    नेपालगञ्ज रङ्गशालाको निर्माण कार्य नसकिएकाले प्रदेश नं ५ मा हुने आठौँ बृहत् राष्ट्रिय खेलकूद प्रतियोगिता तेस्रोपटक सर्ने निश्चित भएको छ ।