• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:23

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन

 बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी बालिका निर्मला पन्तलाई न्याय माग्दै धनगढीमा प्रदर्शन गरिएको छ । प्रदर्शनकारीले धनगढी चौराहादेखि मुख्यमन्त्री कार्यालयसम्म र्‍याली निकालेका थिए । निर्मला पन्तको बलात्कारपछि हत्या भएको लामो समयसम्म दोषी पहिचान गर्न नसकेको भन्दै नागरिक संघर्ष समितिले प्रदर्शन गरेको हो ।

संघर्ष समितिले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टलाई ज्ञापनपत्र बुझाएका छन् । ज्ञापनपत्रमा छठसम्म निर्मला पन्तको हत्यामा संलग्नलाई पक्राउ नगरे कडा आन्दोलनमा जाने चेतावनी दिइएको छ । प्रदर्शनीमा निर्मला पन्तका बुबाआमा पनि सहभागी भएका छन् ।  संघर्ष समितिले मुख्यमन्त्री कार्यालय अगाडि केही बेर धर्नासमेत दिएको थियो ।

प्रतिकृया दिनुहोस

आज यमपञ्चकको दोस्रो दिन अर्थात् कुकुर तिहार ,कुकुरलाई मन पर्ने खाना ख्वाई पूजा गरी मानिदै

  आज यमपञ्चकको दोस्रो दिन कार्तिक कृष्ण चतुर्दशी अर्थात् कुकुर तिहार वानरक चतुर्दशीको दिन।आजको दिन  घर-घरमा  कुकुरलाई मन पर्ने खाना ख्वाई

एकीकृत सम्पत्ति करका बारेमा जानकारी दिन टोलटोलमा कर शिक्षा अभियान शुरु

स्थानीय तहले अध्ययन नै नगरी करको दायरा बढाएको भन्दै नागरिकबीच सकारात्मक र नकारात्मक आलोचना भइरहेका बेला बाँकेको खजुरा गाउँपालिकाले नागरिकलाई

पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने

पोखरा, कात्तिक १४ गते । गण्डकी प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री विकास लम्सालले पोखरालाई देशकै पर्यटनको राजधानी घोषणा गरिने बताउनुभएको छ