• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:50:33

यसपालिको भाइटीकाको साइत बिहान ११ बजेर ५५ मिनेटमा

 

नेपाल पञ्चाङ्ग निर्णायक समितिले यसपालिको भाइटीकाको साइत कात्तिक २३ गते बिहान ११ बजेर ५५ मिनेटमा निस्केको छ।

कार्तिक शुक्ल द्वितीयमा दिदीबहिनीले दाजुभाइको दीर्घायु, सुख शान्तिको कामना गरी अष्टचिरञ्जीवी, यमराज, यमुना एवं बलि राजाको पूजा गरी त्यसको प्रसाद लगाइदिने परम्परा रहेको समितिका अध्यक्ष डा‍. रामचन्द्र गाैतमले बताए। ।  यो वर्षको यमपञ्चक कात्तिक १९ गते सुरु हुँदैछ ।

 कात्तिक २० गते कुकुर तिहार र नरक चतुर्दशी मनाइन्छ। काग र कुकुरलाई सनातन धर्ममा यमदूत मानिन्छ ।  कात्तिक २१ गते कार्तिक कृष्ण औँसीका दिन लक्ष्मीपूजा गरिन्छ। यस दिन बेलुकी दीपमालिका गरेपछि लक्ष्मीको विधिपूर्वक आराधना गरिन्छ। कसैले लक्ष्मीपूजाको दिन बिहान पनि गाई पूजा गर्ने गरेका छन्। कात्तिक २२ गते कार्तिक शुक्ल प्रतिपदाका दिन बिहीबार गोरु र गोवर्धन पूजा हुन्छ। यस दिन वर्षभर हलो जोत्ने हलीको समेत पूजा गर्ने संस्कृति छ।

 

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित