• बुधबार ८-५-२०७५/ Wednesday 21-11-18
  • 03:21:35

भारतको एक अदालतद्वरा १६ प्रहरीलाई अाजिवन जेल सजायको फैसाला

 

देशको उत्तरी क्षेत्रमा दसैको  अघि भएको घटनामा दोषी ठहर गर्दै भारतको एक अदालतले १६ जना प्रहरी अधिकारीलाई बुधबार आजीवन जेल सजायको फैसला सुनाएको छ।

हिन्दू र मुस्लीम समुदायबीच भएको झडपमा परी सन् १९८७ मा भएको सो घटनामा ४२ जना निर्दोष मुस्लीम धर्मावलम्बी मारिएका अदालतको भनाइ छ। पर्याप्त प्रमाणहरूको अभावमा उत्तर प्रदेशको एउटा स्थानीय अदालतले सन् २०१५ मा प्रहरीहरूलाई दोषी देखाउन सकेको थिएन। 

तर दिल्ली उच्च अदालतका दुई जना न्यायाधीशको इजलासले भने ती प्रहरीहरूलाई दोषी ठहर गर्दै यसअघिको फैसलालाई उल्ट्याएका थिए । निःशस्त्र र निराश्रयसहितका निर्दोष नागरिकहरूलाई अनाहकमा हत्या गरेको अदालतको ठम्याई छ।

घटनामा ती प्रहरीले विभिन्न कानूनको उलङ्घन गर्दै अपहरण, हत्या जस्ता आपराधीक क्रियाकलाप गरेको प्रमाणहरू भेटिएको अदालतले जनाएको छ। अदालतद्वारा दोषी ठहर गरिएका सबै प्रहरीलाई यही नोभेम्बर २२ भन्दा अगाडि आत्मसमर्पण गर्न पनि आदेश दिइएको छ।

 

 

प्रतिकृया दिनुहोस

सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल

एजेन्सी। केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो

स्वाइन फ्लुको कारण  भारतको महाराष्ट्रमा ३०२ काे मृत्यु

    यसवर्षको  हालसम्ममा  भारतको महाराष्ट्र राज्यमा स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका

दुई पाइलटसहित१८८ यात्रु सवार विमान समुद्रमा खस्यो

  इण्डोनेशियाको लायन एयरलाइन्सको १७७ यात्रु र ११ विमान चालक दलका सदस्य बोकेको विमान समुद्रमा खसेको छ। विमान जकार्ताबाट पंगकलतर्फ पुग्न लाग्दा