• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:15:21

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा पूर्णरूपमा सुधार हुदै आज डिस्चार्ज हुने सम्भावना

 

महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा  पूर्णरूपमा सुधार भएको छ । प्रधानमन्त्रीलाई छातीमा संक्रमण भएपछि महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा सोमबार बिहान भर्ना भएको थियो । प्रधानमन्त्रीको उपचारमा संलग्न डा.अरुण सायमिका अनुसार प्रधानमन्त्रीको स्वास्थ्यमा उल्लेख्य सुधार भएको र औषधिको डोज पूरा हुने भएकाले शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनसक्ने सम्भावना रहेको बताउनु भयो ।

मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कार्यकारी निर्देशक डा. उत्तमकृष्ण श्रेष्ठले शुक्रबार बिहान उपचारमा संलग्न चिकित्सकसँग बैठक बसेर डिस्चार्जबारे निर्णयमा पुग्ने जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार डा.कुन्दन अर्यालले प्रधानमन्त्रीको स्वास्थ्य अवस्था सामान्य अवस्थामा आइसकेको जानकारी दिँदै शुक्रबार डिस्चार्ज हुने सम्भावना रहेको बताउनुभयो ।

प्रधानमन्त्री ओलीको उपचारमा वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा.सायमिको संयोजकत्वमा प्रा.डा. दिव्या सिंह शाह र डा शन्तकुमार दास हुनुहुन्छ ।

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित