• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:35:27

स्वाइन फ्लुको कारण  भारतको महाराष्ट्रमा ३०२ काे मृत्यु

 

 

यसवर्षको  हालसम्ममा  भारतको महाराष्ट्र राज्यमा स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। राज्यका स्वास्थ्य निरीक्षण अधिकृत प्रदीप आवटेले स्वाइन फ्लुबाट प्रभावित तीन सय २५ जनालाई उपचारका लागि अस्पताल भर्ना गरिएको जानकारी दिए। आवटेको अनुसार जनवरीदेखि अक्टोबरसम्म विभिन्न किसिमका फ्लुबाट महाराष्ट्र राज्यमा दुई हजार ३७५ मानिस बिरामी भएको बताए। अस्पतालमा उपचार गराइरहेकामध्ये २२२३ जनाको अवस्था गम्भीर रहेको पनि स्वास्थ्य निरीक्षण आवटेले बताउनु भयो ।

 

 "तैपनि, यो वर्ष स्वाइन फ्लुबाट मृत्यु हुनेको संख्यामा निकै कमी आएको हो। सन् २०१७ मा करिब सात सयको मृत्यु भएको थियो। मधुमेह भएका र उच्च तनाव झेलिरहेका बिरामी सबैभन्दा बढी जोखिममा रहेको बताए। 'मधुमेह र उच्च तनाव भएका मानिसमा कुनै किसिमले आकस्मिक खोकी लाग्ने वा चिसो लागेमा स्वास्थ्य परीक्षणका लागि तत्काल चिकित्सकलाई देखाउनु पर्दछ। यस्ता मानिसमा स्वाइन फ्लुले आक्रमण गर्ने सम्भावना बढी हुन्छ। रोग लागेको दुई दिनभित्रै उपचार शुरु गरिए चाँडो निको हुने सम्भावना बढी हुन्छ।डा आवटेले रुघाखोकी लागेका व्यक्तिहरु अरु मानिसको सम्पर्कबाट टाढै रहनुपर्ने सुझाव दिँदै चिकित्सकको सल्लाह अनुसार औषधि सेवन गर्नुपर्ने बताए।

 

प्रतिकृया दिनुहोस

मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमामा

  मानवीय सहायता बोकेको अमेरिकी सैन्य विमान कोलम्बियाको सीमा सहर कुकुतामा अवतरण गरेको छ । भेनेजुएलामा देखापरेको मानवीय संकटको सहयोगका लागि भन्दै

विश्वभरमा ९० करोड आइफोन

  एप्पलले तीन महिनाको आयको बारेमामा सार्वजनिक गरेको छ । यसमा एप्पलले आइफोनको घट्दो बिक्रीको बारेमा र हालसम्म कतिवटा एप्पलका उपकरण संचालनमा छन्

म्यानमार प्रहरीले रबरको  गोली प्रहार

  कारेन्नी जातीय अल्पसंख्यकले गरेको प्रदर्शनमा म्यानमार प्रहरीले रबरको  गोली प्रहार गरेको छ ।  म्यानमारका स्वतन्त्रता हिरो जनरल आङ साङको