• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:51:45

गायिका दुर्गा साउदको ‘कालिकालि’ भिडियो सहित सार्वजनिक

 

कार्तिक १६ काठमाडौं ।। मोर्डन स्टार टिभिको प्रस्तुती एवम् गायिका दुर्गा साउदको गीति एल्वम् ‘कालिकालि’ सार्वजनिक गरिएको छ । शुक्रबार रिपोेर्टर्स क्लबमा आयोजित एक कार्यक्रमकाबीच पूर्व कानून मन्त्री एवम् नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता शेर बहादुर तामाङले गीत सार्वजनिक गरेका हुन ।

भिडियो सार्वजनिक गर्दै ‘कालिकालि’ बोलको गीतमा पूर्वदेखि पश्चिमसम्मको मौलिक पनलाई उतारिएको बताउदै मन्त्री तामाङले गीत उत्कृष्ठ हुने विश्वास व्यक्त गरे । 

गायिका साउदको आफ्नै शब्द, संगीत र स्वर रहेको उक्त गीतमा सुशिल सिलवालले स्वरमा साथ दिएका छन् । भिडियोलाई गौरव गिरीले निर्देशन गरेका छन् भने गीतका सुन्दर दृश्यहरु उत्तम हुमागाईले क्यामेरामा कैद गरेका हुन । गीतको भिडियोमा चर्चित मोडल माला लिम्बु र ईश्वर मल्लको अभिनय रहेको छ । त्यस्तै उत्तम विक्रम केसीले बजार व्यवस्थापन गरेका छन् भने  भिडियो सम्पादन ललितसिंह साउदले गरेका हुन ।

प्रतिकृया दिनुहोस

नेपाली चलचित्र ‘बुलबुल’को ट्रेलर सार्वजनिक

  अभिनेत्री स्वस्तिमा खड्का टेम्पो ड्राइभरको भूमिकामा रहेको चलचित्र ‘बुलबुलु’को ट्रेलर सार्वजनिक भएको छ।चलचित्र आगामी फागुन ३ गते रिलिजको

‘सालको पातको टपरी हुनी’ छोटो अवधिमा युट्युबमा धेरै हेरिएको लोकदोहोरी गीत

लोकदोहोरी गीत ‘सालको पातको टपरी हुनी’ ‘म्युजिक भिडियो’ युट्युबमा दुई करोड पटक हेरिएको छ । गत असोजमा युट्युब च्यानलबाट सार्वजनिक भएको यो गीत

म्युजिक भिडियोमा गायिका अन्जु पन्तको अभिनय

    ‘तिमीलाई माया गर्छु’ बोलको गीतमा चर्चित गायिका अन्जु पन्त म्युजिक भिडियोमा देखिने भएको छ । गीतकार टेक तामाङको शब्द रहेको यो गीतमा स्वर पनि