• शुक्रबार ८-२८-२०७५/ Friday 14-12-18
  • 08:25:17

सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल

एजेन्सी। केही दिनयता सामाजिक सन्जालमा मानिसको अनुहारजस्तै भएको एउटा बिरालोको तस्बिर निकै ‘भाइरल बनिरहेको छ । दाबी गरिए अनुसार उक्त बिरालो मलेसियामा जन्मिएको हो । यो पनि बताइएको छ कि, यसको अनुहारको बनावट ठ्याक्कै मानिसकै जस्तो छ । त्यत्ति मात्रै कहाँ हो र ! यसलाई अहिले एक ल्याबमा राखिएको छ ।

तर, मलेसियन प्रहरीले भने त्यहाँ त्यस्तो बिरालो नजन्मिएको भनेको छ र यसलाई झुटो भनेको छ ।तर, सामाजिक सन्जालमा भाइरल भइरहेको यो तस्बिरपछि एकपटक पुनः मानिसको जस्तै अनुहार भएको जनावरको जन्ममा चर्चा सँगै सुरु भएको छ । सामाजिक सन्जालमा यो चर्चित बन्दै गए पनि यसको तथ्य के हो भन्ने कुराचाहिँ कतैबाट पनि पुष्टि हुन सकेको छैन ।

सार्वजनिक तस्बिरमा बिरालोजस्तै देखिने यो जीवको टाउको र आँखा मानिसको जस्तै देखिएको छ । साथै, कपाल र छाला पनि मानिसको जस्तै देखिएको छ । यता, मलेसियन प्रहरीले भने यो अनलाइन बेच्न राखिएको सिलिकन बेबी वेयरवुल्फ हुनसक्ने दाबी गरेको छ । उक्त तस्बिरलाई पहिले इन्टरनेटबाटै डाउनलोड गरिएको र त्यसपछि भाइरल बनाइएको प्रहरीको दाबी छ

प्रतिकृया दिनुहोस

बाढीका कारण भियतनाममा १३ जनाको मृत्यु

  भियतनाममा यसैसाता झरेको भारी वर्षाको कारण आएको बाढीले करिब १२ हजार हेक्टर क्षेत्रफलमा लगाइएको धानबाली डुबाएको छ । बाढीमा परी १३ जनाको मृत्यु भएको

अमेरिकी राष्ट्रपति ट्रम्पका ‘चिफ अफ स्टाफ’ केली पदमुक्त हुदै

  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफ्ना ’चिफ अफ स्टाफ’ले यो वर्षको अन्त्यसम्ममा जागिर छोड्ने बताउनु भएको छ ।राष्ट्रपति कार्यालय ह्वाइट

स्वाइन फ्लुको कारण  भारतको महाराष्ट्रमा ३०२ काे मृत्यु

    यसवर्षको  हालसम्ममा  भारतको महाराष्ट्र राज्यमा स्वाइन फ्लुबाट मर्ने व्यक्तिको संख्या ३०२ पुगेको राज्यका स्वास्थ्य अधिकारीहरुले बताएका