• शुक्रबार ८-२८-२०७५/ Friday 14-12-18
  • 08:25:24

दैनिक सेवन गरिने खानाले यसरी बढाउँछ, मुटुको रोग

विशेषगरी हामीले दैनिक रुपमा सेवन गर्ने यस्ता खानेकुरा छन्, जसले मुटु तथा कलेजोलाई हानी पुर्‍याउने गर्छ । यस्ता खानेकुराले मुटुको रक्तधमनीमा बोसो जम्मा भई मुटुुमा अवरोध गर्छ । जसका कारण रक्तधमनीमा रगतको सञ्चार राम्रोसित हुन नसकी मुटुको समस्या तथा हृदयाघातको जोखिम बढ्ने गर्छ । ती खानेकुरा यस प्रकार छन् ।

पिज्जा तथा फ्राइड राइस

खाजामा होस् वा नाश्तामा हिजोआज पिज्जा , मम, फ्राइड राईस लगायतका फास्टफुड धेरैको रोजाईमा पर्ने गर्छ । जबकी यस्ता फास्टफुटमा मैदा तथा पोलिस गरिएको चामलको अधिकतम प्रयोग हुने गर्दछ ।

मैदा तथा पोलिस गरिएको चामललाई रिफाइन गर्दा नै त्यसमा भएको तत्व भिटामिन बी १ अर्थात थियामिन नष्ट हुने गर्छ । थियामिन नष्ट भएमा यस्ता खानालाई पचाउन कलेजोलाई गार्‍हो हुन्छ र कलेजोले उक्त प्रकि्रयालाई पूरा गर्न शरीरमै भएको भिटामिन बी १ प्रयोग गर्न थाल्छ । परिणाम स्वरुप यस्ता खानेकुराको मुटुको समस्या बढाउने गर्छ ।

ननभेज

ननभेज अहार्थ। मांसहारी भोजन । मांसहारी भोजनका कयौं फाइदाहरु छन् । यसले शरीरमा मासुुबाट पाइने प्रोटिनको प्रवाह गर्दछ । तर आवश्यक्ता भन्दा बढी मात्रामा प्रोटिनको सेवन गर्नाले मुटुको समस्या निम्तने गर्छ ।

वोसोयुक्त आहार

तेल तथा घयुबाट बनेका परिकारमा अधिक मात्रामा चिल्लो तथा वोसो पाइन्छ, जसको अधिक सेवनल मुटु सम्बन्धि समस्या निम्त्याउने गर्छ । विशेषगरी, समोसा, पकौडा, पुरी लगायत तेलबाट पकाइने खानेकुरामा तेल तथा क्यालोरीको मात्रा अधिक हुन्छ ।

अधिक मात्रामा क्यालोरीको सेवन शरीरमा फ्याटको रुपमा जम्मा हुन्छ । त्यसैगरी, जब तेललाई एक हटसम्म तताइन्छ, तब उक्त तेल ट्रान्सफैटमा बद्लिन्छ, जुन हृदय वा मुटुको लागि निकै हानीकारक छ ।

चिसो पेय पदार्थ

सोडा, कोकाकोला, लगायतका चिसो पेय पदार्थ पनि स्वास्थ्यका लागि पनि निकै हानीकारक छ । सोडो तथा चिसो सय पदार्थमा चिनीको मात्रा अधिक हुन्छ । जसको सेवनले रगतमा चिनीको मात्रा त बढाउँछ नै, यसमा पाइने विभिन्न तत्वले शरीरमा डिप्रेशनका हर्मोनलाई समेत एक्टिभ राख्ने हुदाँ यसको सेवनले मुटु तथा मस्तिष्क दुवैलाई प्रभावित पार्ने गर्छ ।

पपकर्न, कफि क्रिम

कफी, त्यसमा पनि कि्रम मिसाइएको कफी मुटुको लागि निकै घातक मानिन्छ । यसै पनि दिनमा दुई-तीन कप कफी स्वास्थ्यका लागि हानीकारक मानिन्छ । उक्त कफीमा क्रिम मिसाइएको छ भने त्यो अझै घातक हुन्छ किनकी उक्त कि्रममा ट्रान्सफैट हुन्छ । त्यही क्रिमलाई कतिपयले बटद स्वादको पपकर्न बनाउनमा पनि प्रयोग गरिरहेका हुन्छन् ।

विशेषगरी, मांसाहारी भोजनमा स्याचुरेटेड फ्याट तथा कोलेस्ट्रोल अधिक मात्रामा पाइन्छ । जसल गर्दा रक्तधमनी कडा भई त्यसमा अवरोध खडा हुन्छ र हार्ट अट्याक तथा हार्ट व्लक लगायतका समस्या निम्तने गर्दछ ।

प्रतिकृया दिनुहोस

आज - २७ मंसिर २०७५ बिहिवारको राशिफल

आज - २७ मंसिर २०७५ बिहिवारको राशिफल   मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) शुभकार्यको चर्चा चल्नेछ । मुद्धा मामिलामा सफलता पाईनेछ । न्यायिक कार्यमा सफलता

आज वि.सं. २०७५ साल मंसिर २४ गते सोमवारको दिनको तपाइको राशीफलको

काठमाडौँ२४ मंसिर।। सोमबार। इश्वी सन् २०१८ डिसेम्बर १० तारिख। नेपाल संवत् ११३९ थिंलाथ्व। मार्ग शुक्लपक्ष। तिथि– तृतीया, १६:१६ बजेउप्रान्त

पैसा तिरेर पानीपुरी खानकै लागि मान्छेको ओइरो

ईश्वर लुइँटेल- कार्तिक ११ काठमाडौँ।।  एउटा पानीपुरी पसलेले कति कमाउला?अझ ब्यबसायकै लागि त सुन्दै धेरै का निम्ति अपचै हुनसक्छ। तथापि गरे के हुदैन?