शुक्रबारदेखि काठमाडौंमा सुरु हुने विवादास्पद ‘एशिया प्यासिफिक समिट’काे नाममा अाजबाट सवारी साधनमा जाेर-बिजाेर प्रणाली लागू

शुक्रबारदेखि काठमाडौंमा सुरु हुने विवादास्पद ‘एशिया प्यासिफिक समिट’काे नाममा अाजबाट सवारी साधनमा जाेर-बिजाेर प्रणाली लागू भएकाे छ ।
सम्मेलनमा आउने विदेशी पाहुनाको सवारी सुरक्षित र व्यवस्थित गर्न भनेर सरकारले आजदेखि चार दिनसम्मका लागि काठमाडौं उपत्याकामा चल्ने सवारीमा जोर बिजोर प्रणाली लागू गरेको हाे । जसअनुसार आज १३ गते बिजोर नम्बर प्लेटका सवारी मात्र गुड्न पाउनेछन् ।
अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाकाे अायाेजनामा हुने ‘विवादित’ सम्मेलनका लागि सडक नै खाली गराउन लागिएकाे भन्दै सरकारविरुद्ध सर्वसाधारण अाक्राेशित छन् । जाेरबिजाेरका नाममा सडक-यात्रु्ले सास्ती खेप्नुपर्नेगरी अाइएनजिअाेकाे सम्मेलनलार्इ प्राेत्साहन मात्र हाेइन सपाेर्ट नै गरेकाे भन्दै सरकारकाे अालाेचना भएकाे हाे ।
‘बर्तमान समयका गंभिर चुनौतीहरूमाथि सम्बोधन : अन्तरनिर्भरता, पारस्परिक समृद्धि र सर्बब्यापक मूल्य–मान्यता’ को नारासहित हुन लागेकाे सम्मेलनका लागि अाजैबाट विदेशी विशिष्ठ पाहुनाको अगमन सुरु भइसकेको छ ।
एशिया प्यासिफिक क्षेत्रसहित विश्वका अन्य मुलुकका बर्तमान तथा पूर्वराष्ट्राध्यक्ष र सरकार प्रमुखहरू, सभामुखहरू, सांसदहरू, राजनैतिक नेताहरू, विभिन्न धर्मका धार्मिक अगुवाहरू, महिला नेतृहरू, संचारकर्मीहरू, प्राज्ञिक ब्यक्तित्वहरू, ब्यवसायी, कलाकार तथा नागरिक समाजका अगुवाहरू सहभागी हुने बताइएको छ ।
युनिभर्सल पीस फेडेरेसन (युपीएफ) को आयोजनामा हुन लागेको सम्मेलनमा एशिया क्षेत्रका ५० मुलुकका १५ सय भन्दा बढी विशिष्ठ पाहुना आउँदैछन् ।
सम्मेलनमा सहभागी हुन फिलिपिन्सकी उपराष्ट्रपति मारिया लियोनोर हिजै नेपाल आइसक्नुभएको छ भने म्यानमारकी प्रजातन्त्रबादी नेतृ तथा स्टेट काउन्सिलर आङ साङ सू ची र कम्बोडियाका राष्ट्रपति हू सेन आज नेपाल आउँदैछन् ।
.jpeg)
लुटेरा र प्रहरीबीच गोली हानाहान, ३ लुटेरा पक्राउ
महोत्तरीमा लुटपाट गर्ने तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा २ जना भारतीय नागरिक रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका २ पुनर्बास

वीरअस्पतालमा ४० करोडको टेमोथेरापी
वीर अस्पतालले क्यान्सररोग उपचारमा अत्याधुनिक टोमोथेरापी उपकरण भित्र्याएको छ । यससँगै बिरामीले रेडियोथेरापी सेवा लिन चार वर्षदेखि भोग्दै आएको
.jpeg)
राष्टपतिलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास
राष्टपति भण्डारीलाई भेट्न सत्ता पक्ष र प्रतिपक्षका दलका शीर्ष नेताहरु शितलनिवास पुगेका छन्। राष्ट्रपति भण्डारीको निमन्त्रणामा आइतबार साँझ
प्रतिकृया दिनुहोस