• सोमबार ११-६-२०७५/ Monday 18-02-19
  • 01:50:31

निगमले घटायो पेट्रोलियम पदार्थको मूल्य

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेपछि नेपाल आयल निगमले पेटोलियम पदार्थको मूल्य घटाएको छ । निगमलाई गत १५ दिनमा ५६ करोड रुपियाँ नाफा भएपछि निगमले मूल्य घटाएको हो । 


यसअघि पेट्रोलको मूल्य ११४ रुपियाँ र डिजेलको मूल्य १०१ रुपिया थियो । निगमले गत असोज १ गते मूल्यबृद्धि गरेको थियो । निगमले सोमबार राति १२ बजेबाट लागू हुने गरी पेट्रोल र डिजलमा प्रतिलिटर २÷२ रुपियाँ घटाएको छ । नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर ११२ रुपियाँ र डिजल प्रतिलिटर ९९ रुपियाँ भएको छ । अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य घटेर भारतीय आयल कर्पोरेशनसँगको स्वचालित मुल्यसूची अनुसार पनि घटेर आएकाले हाललाई घटाइएको प्रवक्ता गोइतको भनाई छ । 
 

यसबीचमा निगमलाई घाटा भइरहे पनि हाल मूल्य घटेर आएकाले नेपालमा पेट्रोल र डिजलको मूल्य घटाइएको निगमले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार

सरकारले थप ९ जिल्लामा स्वास्थ्य बिमा विस्तार गर्ने भएको छ। आगामी चैत भित्र सम्ममा स्वास्थ्य बिमा कार्यवन्यन गर्ने समाजिक सुरक्षा तथा विकास समितिले

डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द

  दुर्गम हिमाली जिल्ला डोल्पाको सदरमुकाम दुनैमा रहेको विद्युत नहरमा पहिरो जाँदा विद्युत सेवा बन्द भएको छ । सदरमुकाम दुनैमा रहेको जैरिगार विद्युत

तनहुँ हाइड्रोपावरले पनि सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने

   तनहुँ हाइड्रोपावर लिमिटेडले पनि इटालियन ठेकेदार कम्पनी सीएमसीसँगको ठेक्का सम्झौता रद्ध गर्ने भएको छ । मेलम्चीबाट काम छाडेर भागको सीएमसीलाई