• शुक्रबार ८-२८-२०७५/ Friday 14-12-18
  • 08:35:25

सरकारलाई सँच्चिएर अघि बढ्न नेपाल तरुण दल, मुस्ताङकाे चेतावनी

 

  • सुशीलबाबु थकाली

मुस्ताङ , कार्तिक १८ । नेपाल तरुण दल मुस्ताङ शाखाले वर्तमान सरकारको ज्यादती पूर्ण गरेको भन्दै त्यसको बिरोधमा प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्री समक्ष एक ज्ञापन पत्र बुझाएको छ । जिल्ला प्रशासन कार्यालय जोमसोममा उपस्थित तरुण दल मुस्ताङका अध्यक्ष, कार्य समिति सदस्य र शुभचिन्तकहरु मार्फत प्रमुख जिल्ला अधिकारीलाइ ज्ञापन पत्र बुझाइएको हो ।

वर्तमान सरकारको ज्यादती पूर्ण कार्यको बिरोधमा प्रमुख जिल्ला अधिकारी मार्फत सरकारलाई चेतावनीमुलक ज्ञापन पत्र बुझाइएको नेपाली कांग्रेस मुस्ताङका युवा नेता अबिनास गौचन थकालीले बताए । उक्त ज्ञापन पत्रमा वाइडवडी विमान खरिदमा देखिएको भष्ट्राचार र आर्थिक अनियमितता राष्ट्रपतिलाई किनिन लागिएको भनिएको १८ करोडको गाडि लगायतका विषय विरुद्ध आवाज बुलन्द पार्न खोजिएको गौचनले बताए साथै उनले निर्मला पन्तलाइ बलात्कार गरि हत्या गर्नेहरुलाइ चाडोभन्दा चाडो कारबाही हुनुपर्ने माग जोडदार रुपमा उठाइएको बताए ।

ज्ञापन पत्र सरकार समक्ष पुर्याउने हेतुले मुस्ताङ तरुण दलका पदाधिकारीहरुको उपस्थीतिमा शाखाका सचिव संजय थकाली र अध्यक्ष कर्म घ्याचो गुरुङले प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रिलाई हस्तान्तरण गरेका थिए । कार्यक्रममा बोल्दै नेपाल तरुण दल मुस्ताङका अध्यक्ष कर्म घ्याचो गुरुङले युवाहरुको माग समयमा नै पुरा गर्न चेतावनी दिए । अब पनि सरकार चुप लागेर बसेमा  कडाभन्दा कडा रुपमा प्रतिकार गर्न पनि पछि नहट्ने भनाइ राखेका थिए ।

कार्यक्रममा सम्बोधन गर्ने क्रममा मुस्ताङ तरुण दलका कोषाध्यक्ष नवीन शेरचन र उपाध्यक्ष पुनित गौचनले अध्यक्ष कर्म घ्याचो गुरुङको मागप्रति आफुहरु सकारात्मक रहेको र बिकास र समृद्धिको लागि नेपाल तरुण दल सधै अघि रहेको बताए ।

प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रिले ज्ञापन पत्र बुझ्दै पत्र सम्वन्धीत निकायमा चाडैं नै पुर्याउने जवाफ दिएका थिए। कार्यक्रममा स्थानिय युवाहरु साथै मुस्ताङ तरुण दलका पदाधिकारीहरुको बाक्लो उपस्थीति थियो । news 24 

प्रतिकृया दिनुहोस

कांग्रेस महासमिति बैठक २९ मंसिरदेखि ३ पुससम्म चल्ने, साँझको गास र बास आफ्नै जिम्मा

  नेपाली कांग्रेसका १४ सय महासमिति सदस्यहरु काठमाडौंमा भेला हुँदैछन् । २९ मंसिरदेखि ३ पुससम्म चल्ने महासमिति बैठकका लागि देशभरका साथै प्रवासबाट

केन्द्रीय समिति बैठकमा राजनीतिक प्रस्ताव पेस गर्दै कांग्रेस

  नेपाली कांग्रेसको शुक्रबारदेखि हुने महासमिति बैठकमा प्रस्तुत हुने राजनीति दस्तावेजको मस्यौदा केन्द्रीय समितिमा पेस भएको छ। केहीबेरअघि सुरु

भ्रष्टाचार गर्नेलाई कारवाही गर्न अख्तियारद्वारा सरकारलाई आग्रह

  भ्रष्टाचारविरुद्धको अन्तर्राष्ट्रिय दिवसको अवसर पारेर आइतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख