• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:20:22

नेकपाको स्थायी कमिटी बैठकमा जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रिपरिषद् पुनर्गठनको माग

 

 

 सरकारले जनताको अपेक्षा अनुसारको काम गर्न नसकेकोले अहिलेको सरकार प्रति जनताको समर्थन गुमिरहेको भन्दै मन्त्रिपरिषद् पुनर्गठनको माग उठेको छ। काठमाडौंमा जारी नेकपाको स्थायी कमिटी बैठकमामन्त्रीमण्डल पुनर्गठनको माग गरिएको हो।सरकारले काम  गर्न सकिरहेको छैन, प्रधानमन्त्रीले मुल्यांकन गर्नुपर्छ,’ उनले बैठकमा भने, ‘काम गर्न नसक्ने मान्छेलाई हटाउँदा केही फरक पर्दैन।साथै उनले प्रदेश कमिटी गठन गर्ने बेलामा दोहोरो जिम्मेवारी दिइएकाले त्यो पार्टीको विधान विपरित भएको स्थायी कमिटी सदस्य रघुजी पन्तले बताए। काम गर्न लागि नेकपामा क्षमतावान मान्छेहरूको अभाव नभएको पनि पन्तले बताए। नेकपाको आजको बैठकमा पन्तसहित देव गुरुङ, सुरेन्द्र पाण्डे, भिम आचार्य, रघुवीर महासे, वर्षमान पुन, पुष्प कँडेल, लेखराज भट्टलगायतले आफ्नो विचार राखेका छन्। नेताहरुले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डको प्रतिवेदनमा टिप्पणी गरिरहेका हुन्।

 

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ