• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:56:59

प्रदेश सरकारको काम के हो ? भन्दै प्रश्न: अध्यक्ष केसी

 

कार्यकर्ता भेटघाटको क्रममा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रदेश सरकारको कामै नभएको बताउनुभयो । डडेल्धुरा सदरमुकाममा बुधबार आयोजित पत्रकार भेटघाट कार्यक्रमा प्रदेश सरकारको कुनै औचित्य नभएको दाबी गरेका हुन्। केसीले स्थानीय तह बलियो बनाउनुपर्ने र केन्द्रले धेरै अधिकार राख्न नहुने दाबी गर्नु भयो  । कार्यक्रमा प्रदेश सरकारको काम के हो ? भन्दै केसीले प्रश्न गरे। प्रदेशभित्रको मन्त्रीमण्डलको खर्च, कर्मचारीको खर्च केले चल्छ?’ उनको प्रश्न छ, ‘यहीँ नगरपालिका छ, गाउँपालिका छ। त्यहीँमा प्रदेश छ। केका खर्चले चल्छन्?’ प्रदेशमा हुने खर्च सबै नगरपालिका र गाउँपालिकामा दिनु पर्ने उनको भनाइ छ। नेपाली जनताको सात दशकको पर्खाइ र बलिदानीबाट प्राप्त उपलब्धिमाथि खेलबाड गर्न देशीविदेशी तत्व सल्बलाई रहेको जिकिर गर्दै तीनै तहका सरकारले जनअपेक्षाअनुसार काम गर्न नसकेको बताए। सरकारको कार्यशैलीले जनतालाई झन् निरास पारेको भन्दै उनले संघीयताप्रति जनताको बितृष्णा जागेकाले हिन्दुराज्यका आवाज उठ्न थालेको दाबी गरे।

 

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ