• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:52:05

राष्ट्रिय आवासको ५७ रोपनी जग्गा बिक्री हुदै

 

राष्ट्रिय आवास कम्पनीले १७ वर्षअघि खरिद गरेको ५७ रोपनी जग्गा बिक्री गर्ने भएको छ । जग्गामा चालू आर्थिक वर्षमा ७० घडेरी बिक्रीका लागि सूचना प्रकाशन गरिसकेको र  बोलपत्र आह्वान गरिएको पनि बुधबार अन्तिम मिति भएको कम्पनीका निमित्त योजना प्रमुख रुना कार्कीले जानकारी दिनुभयो ।

बनेपापनौती सडकखण्डको सो स्थानमा रहेको यो जग्गा नेपाल सरकारको अर्धस्वामित्वको उक्त कम्पनीले व्यवस्थित आवास निर्माण गर्ने उद्देश्यले खरिद गरेको थियो । ।कम्पनीले शुरुमा ५७ रोपनी जग्गा करीब १०० आवास, बगैँचा, पार्किङ्ग, खानेपानी, बिजुलीका तथा आवश्यक भौतिक पूर्वाधार निर्माण गर्ने लक्ष्य लिएको थियो ।

कम्पनीले आफैँ व्यवस्थित आवास बनाई बिक्री गर्ने उद्देश्य राखे पनि जग्गा खरिद गरेको नौ वर्षसम्म कुनै काम हुन नसकेपछि विसं २०६७ मा आफ्नै युनिट कार्यालय तथा २०६८ सालमा योजना कार्यालय नै स्थापना गरी काम अघि बढाएको थियो ।

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित