• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:23:01

कांग्रेसका पदाधिकारी विधान मस्यौदामा सहमति जुटाउन छलफलमा

 

हिजो  बिहीबार दिनभर विधान मस्यौदामा सहमति जुटाउन भन्दै शीर्ष नेता तथा पदाधिकारीबीच छलफल भए पनि सहमति जुट्न नसक्दा महासमितिको बैठक समेत बस्न सकेन। जसको कारण नेपाली कांग्रेसका पदाधिकारी शुक्रबार पनि छलफलमा जुटिरहेको छन्। केन्द्रीय कार्यालय सानेपामा अहिले बसिरहेको पदाधिकारीको अनौपचारिक बैठकमा विवाद समाधानको पहल भइरहेको नेतृ पुष्पा भुसालले जानकारी दिइन्। पदाधिकारी बैठकले आठ पदाधिकारीसहित १६१ सदस्यीय केन्द्रीय कार्यसमिति बनाउने सहमति गरेको थियो। सभापति शेरबहादुर देउवा सहमतिबाट पछि हटेपछि कांग्रेसमा पदाधिकारी संख्या र निर्वाचन पद्धतिको विवाद चर्किएको हो।

गत मंगलबार राति पदाधिकारी र पूर्व पदाधिकारीबीच भएको सहमति केन्द्रीय समितिबाट पारित हुन नसकेपछि महासमिति बैठक लम्बिएको हो।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ