• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:13:35

फागुन ७ देखि हिन्दूराष्ट्र पुनःस्थापनाको आन्दोलन चर्काउने तयारी

 

मिडिया नेपाल कास्की शाखाद्वारा आज पोखरामा आयोजित पत्रकार भेटघाटमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हिन्दूराष्ट्र, राजसंस्था पुनःस्थापना र सङ्घीयता खारेजीको मागसहित आगामी फागुन ७ गतेदेखि पार्टीले शान्तिपूर्ण देशव्यापी जनसङ्घर्षको अभियान शुरु गर्ने बताएका छन् । नेपाली काङ्ग्रेस महासमिति बैठकमा हिन्दूराष्ट्रको पक्षमा हस्ताक्षर गरेको खबर प्राप्त भएको उल्लेख गर्दै अध्यक्ष थापाले काङ्ग्रेस महासमिति बैठकले हिन्दूराष्ट्रको पक्षमा साहसिक निर्णय गर्ने अपेक्षा लिइएको बता ।

 उनले पार्टीले गर्ने जनसङ्घर्ष कुनै धर्म, सरकार एवं पार्टीका विरुद्धमा नभई जनताको आस्था, विश्वास र पहिचानका लागि भएको बताए ।

शान्ति सुरक्षालाई मजबुत बनाउँदै भ्रष्टाचार नियन्त्रण गरी सुशासनको मुद्दालाई शसक्तरूपमा उठाउने बताउँदै अध्यक्ष थापाले सङ्घर्षले सशक्त जनमत एवं जन दबाव सिर्जना गर्ने विश्वास व्यक्त गरे ।

 

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ