• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:47:46

नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ छैटौँ ढाकाटोपी दिवस मनाउने

 

‘नेपाली टोपी हाम्रो गौरब, हाम्रो पहिचान’ भन्ने नाराका साथ जागरुक युवा अभियान नेपालले छैटौँ नेपाली टोपी दिवस भव्य रुपमा मनाउने भएको छ । अभियानले आज विज्ञप्ति जारी गरी सदाझै यसवर्ष पनि नेपाली टोपी दिवस मनाउने भएको हो । ।यसवर्ष पनि जनबरी १ (पुष १७) का दिन बिहान ८ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भई प्रभातफेरी कार्यक्रम आयोजना गरिने छ ।

सदियौंदेखि नेपाली पहिचानको रुपमा रहेको दौरा सुरुवाल, टोपी र गुन्यू चोलोलाई तत्कालीन सरकारले राष्ट्रिय पोशाकको सूचीबाट हटाएपछि अभियानले नेपाली टोपी (ढाका टोपी, भादगाउँले टोपी)लाई राष्ट्रिय पहिचानका रुपमा घोषणा गरियोस् भन्ने मागसहित नेपाली टोपी दिवस मनाउँदै आएको छ ।

विश्वमा हरेक मुलुकको आ–आफ्नो मौलिक पहिचान छ । त्यसकारण हामी पनि राष्ट्रिय पहिचानको खोजीमा छौँं । त्यसका लागि हामीले विगत पाँच वर्षदेखि विभिन्न अभियान सञ्चालन गर्दै आइरहेको कुरा अवगत नै छ”– विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस

प्रहरी पुग्दा गाउँबासी डराएर लुके

बाजुरा, पुस २८ गते । गौमुल गाउँपालिका–१ अन्द्राडीमा पहिलो पटक प्रहरी पुग्दा गाउँबासी डराएर लुके ।  केही महिना अघि आएर बसेको इलाका प्रहरी

माघे संक्रान्तिमा तिलको लड्डु र खिचडी खानुको वैज्ञानिक कारण

मकर संक्रान्तिको नामले समेत प्रचलित माघे संक्रान्तिका दिन घरघरमा खिचडीका साथमा तिल तथा गुडबाट बनेका परिकार सेवन गरिन्छ । यी खानपानसँग माघे

डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको आयोजना

  डर्बीद्वारा ७ दिने निशुल्क रेडियो उदघोषण तालिमको  आयोजना एक दशक भन्दा बढी समयदेखि संचार सम्बन्धि विभिन्न प्रशिक्षणहरु दिंदै आएको चर्चित