• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:51:30

पेट्रोलियम पदार्थको बिक्री वितरणमा एवं परिमाणमा अनियमितता गर्ने पम्पमाथि कारवाही

 

 

वीरगञ्जस्थित गुणस्तर तथा नापतौल अञ्चल कार्यालयले गरेको छड्के जाँचमा उपकरण बिगारेर २० मिलीलिटरदेखि ४०० मिलीलिटरसम्म पट्रोलीयम पदाथको परिमाण कमी गरेको पाइएकाले ती पम्पका सञ्चालकलाई जनही तीन महिना कैद र रु १० हजार जरिवाना गरिएको छ ।

यसरी कारबाहीमा परेका पम्पमा कलैया१३ को विजय आयल स्टोर्स, कलैया१४ को मोहम्मद आयल स्टोर्स र कलैया बधवनको शिवशङ्कर ट्रेडर्स रहेको कार्यालय प्रमुख शशीप्रसाद यादवले जानकारी दिए । कार्यालयले चितवन, मकवानपुर, बारा, रौतहट र पर्सा जिल्लाका पम्पमा गरेको अनुगमन तथा विशेष जाँचमा सो अनियमितता पाइएको जनाएको हो । गत असोज १८ गतेदेखि पुस १ गतेसम्म निरन्तर ४२ वटा पम्पमा गरिएको जाँचका क्रममा ती तीन पम्पमाथि कारबाही गरिनाका साथै प्रवीण आयल स्टोर्स रौतहट, अमित आयल स्टोर्स कलैया, बारा गजभवानीपुरको जयविकास आयल स्टोर्स, बाबा आयल ट्रेडर्स सिमरा र अनवर पेट्रोलियम डिस्ट्रिब्युटर्स पिपरारी बारामाथि पानि कारबाही अघि बढाइएको उनले बताए ।

उक्त कार्यालयले व्यावसायिक तथा औद्योगिक प्रतिष्ठानबाट उत्पादित तथा बिक्री वितरण गरिएका खाद्य सामग्रीमा समेत गुणस्तर जाँच र अनुगमन प्रक्रिया अगाडि बढाएको प्रमुख यादवले जानकारी दिए ।

 

प्रतिकृया दिनुहोस

पाँच महीनाको तथ्याङ्कअनुसार सात भन्सारको निर्यात शुन्य

  भन्सार विभागले सार्वजनिक गरेको चालू आर्थिक वर्षको पाँच महीनाको तथ्याङ्कअनुसार मुलुकमा हाल सञ्चालनमा रहेका कूल ३१ भन्सारमध्ये सात भन्सारबाट

परालको चप्पल बनाउने पेशामा आकर्षित एकल महिला

    रिब्दीकोट गाउँपालिकाका महिला परालको चप्पल बनाउने काममा आकर्षित भएका छन्। उनीहरूले पाँच दिनको तालिमबाट चप्पल बनाउने सीप सिकेका छन्। विशेष

२०७४/७५ को २८औँ प्रतिवेदन भण्डारीसमक्ष प्रस्तुत

    राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित समारोहमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भण्डारीसमक्ष आर्थिक वर्ष २०७४/७५ प्रतिवेदन प्रस्तुत