• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:59:57

पूर्वराजाको राजतन्त्र फर्काउने अभियानमा रोक लगाउन सांसद झपटबहादुर रावलको माग

 

 

संघीय संसद प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकको विशेष समयमा बोल्दै सरकारको नेतृत्व गरिरहेको राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीका सांसद झपटबहादुर रावलले पूर्वराजा ज्ञानेन्द्र शाहका गतिविधिमा रोक लगाउन माग गरेका छन्।

शाह धर्म प्रचारमा लागेको र सोही आवरणमा राजतन्त्र फर्काउने गतिविधि पनि गरिरहेको रावलको भनाइ थियो। पूर्वराजाले पनि संविधानभित्र बस्नुपर्ने भन्दै सांसद रावलले त्यसो नदेखिएकाले सरकारलाई त्यस्ता गतिविधिमा नियन्त्रण गर्न संसदले सरकारलाई निर्देशन दिनुपर्ने माग गरेका थिए। पूर्वराजा ज्ञानेन्द्र शाह हाल कास्की जिल्लाको पोखरामा रहकेा छन्। उनी त्यहाँ १६ दिन बस्ने कार्यक्रम रहेको बताएको छ। शाह बेलाबेला देशका विभिन्न भागमा रहेका मन्दिरमा पूजाआजाका लागि जाने गरेका छन्।

प्रतिकृया दिनुहोस

राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन, पुन: म्याद थप्ने विषयमा मत बाझियो

 पूर्वनिर्धारित समयमा महाधिवेशन गर्न नसकेपछि राजनीतिक निर्णयका आधारमा आजदेखि नेविसंघ विघटन भएको छ । गत मंसिर २ गते दोस्रो पटक दुई महिनाका लागि

नेकपा (नेकपा माओवादी केन्द्र )को आठौं महाधिवेशन प्रचार प्रसार अभियान आज देखि सुरु हुदै

  नेपाल कम्युनिस्ट पार्टी (नेकपा माओवादी केन्द्र )को  आठौं महाधिवेशन प्रचार प्रसार  अभियान उद्घघाटन कार्यक्रम आज देखि सुरु भएको छ। नेपालकै

समृद्धिबाटै समाजवादमा - अध्यक्ष दाहाल

काठमाडौँ, पुस १६ गते । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टी समृद्धि हुँदै समाजवादी क्रान्तिको नयाँ