• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 05:50:30

सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु

 

 

सुडानमा मूल्यवृद्धिको विरोधमा दुई प्रहरी सहित १९ जनाको मृत्यु भएको छ । सुडान सरकारका अनुसार प्रदर्शनका क्रममा दुई सय १९ जना सर्वसाधारण घाइते भएका छन् । उत्तर अफ्रिकी राष्ट्र सुडानमा मूल्यवृद्धिको विरोधमा गत सातादेखि नै प्रदर्शन भइरहेका छन् ।

सुडानमा खाद्य र इन्धनको चर्को मूल्यवृद्धि भएको विरोधमा भएको प्रदर्शनका क्रममा दङ्गा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको हो । सुडानका सञ्चार मन्त्री एवं सरकारका प्रवक्ता बुसारा गुम्मा आरोले प्रदर्शन नियन्त्रण गर्ने क्रममा एक सय ८७ जना सशस्त्र प्रहरी घाइते भएको जानकारी दिनुभयो ।

सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको छ । साथै, इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरिएको छ । उक्त मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकार विरुद्ध राष्ट्रव्यापी प्रदर्शन भइरहेका छन् । प्रदर्शनकारीले राष्ट्रपति ओमार अलबासिरको राजीनामा मागेका छन् ।

 

प्रतिकृया दिनुहोस

क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी

  काठमाडौं २७ पुस। पोर्चुगलका कप्तान तथा युभेन्टसका स्ट्राइकर क्रिष्टियानो रोनाल्डोमाथि लस भेगास प्रहरीले डीएनए नमूनाका लागि वारेन्ट जारी गरेको

को सँग युद्ध गर्दैछ चीन?

  एजेन्सी- चीनका राष्ट्रपति शी जिनपिंगले देशले संकटकालको सामना गरिरहेका कारण पिपल्स लिबरेशन आर्मी अर्थात् पिएलए युद्धको स्थितीका लागि तयार

इस्लामिक स्टेट लडाकूलाई टर्कीले परास्त अमेरिकाको  राष्ट्रपति ट्रम्पको  भनाइ

  संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सिरियामा युद्धरत इस्लामिक स्टेट (आइएस) समूहका बाँकी लडाकूलाई परास्त गर्ने टर्कीका