• शनिबार १०-५-२०७५/ Saturday 19-01-19
  • 06:43:41

कर्मचारी समायोजन नगरी नयाँ भर्ना गर्न नमिल्ने  प्रशासनमन्त्री पण्डितको दाबी

 

 

संसदको मंगलबार बसेको बैठक कर्मचारी समायोजको जवाफमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले कर्मचारी समायोजन नगरी नयाँ भर्ना गर्न नमिल्ने  बताएका छन् । मन्त्री पण्डितले कर्मचारीको वृत्तिविकास नरोकिने र सेवानिवृत्त भएपछि सबैको जिम्मा संघीय सरकारले लिने गरी व्यवस्थापन गरिएकाले शंका गर्नुपर्ने अवस्था नभएको बताए ।

मन्त्री पण्डितले छिटो संघीय निजामती सेवा ऐन र प्रदेश र स्थानीय तहको निजामती ऐनको नमुना कानून पनि ल्याउने प्रतिबद्धता जनाए ।सेवा प्रवाह स्थानीय तह प्रदेश र संघका कार्यालयको संगठन संरचना तयार भइसकेको र स्थानीय तह एवं प्रदेशबाट पनि व्यापक रुपमा राष्ट्रसेवक कर्मचारीको आवश्यकता महसुस भएको अवस्थामा सेवा प्रवाहलाई् गति दिनका लागि अध्यादेश ल्याइएको उनले प्रष्टिकरण मा भनेका छन् ।

समायोजन समाप्त भएलगत्तै भर्ना प्रक्रिया शुरु हुने भएकाले पनि  छिटो समायोजन टुंग्याउनुपर्ने मन्त्री पण्डितले जोड दिएका छन् ।

 

प्रतिकृया दिनुहोस

कानुनले पनि हल्लाउन नसक्ने छाउ प्रथा कस्तो

छाउपडी प्रथालाई दण्डनीय बनाउने कानुन लागु भएको करिब पाँच महिना पुग्न लाग्दा पनि अझै सकारात्मक परिवर्तन नदेखिएको अधिकारवादीहरूले बताएका छन्। मध्य र

निःशुल्क शिक्षामा जोड दिन मन्त्री रावलको आग्रह

सुर्खेत, पुस २८ गते । कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावलले मुनाफा आर्जन मात्र नभई निःशुल्क शिक्षामा समेत जोड दिन निजी स्कूल सञ्चालकहरुसँग

त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा आगलागी

  नुवाकोटमा रहेको त्रिशूली जलविद्युत् केन्द्रको उत्पादन गृहमा बुधबार साँझ आगलागी हँुदा विद्युत् उत्पादन बन्द भएको छ । उत्पादन गृहमा लागेको आगो